२०८१ बैशाख ७, शुक्रबार
एप्पलले आफ्ना प्रडक्ट बिक्री गर्नका लागि पहिलोपटक रिटेल स्टोर खोलेको २० वर्ष पुगेको छ । एप्पलको रिटेल स्टोर खुलेको २० वर्षपछि अर्को दिग्गज प्रविधि कम्पनी गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ ।
यहीँ गृष्मयाममा न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसलको रुपमा गुगल स्टोर खोल्ने घोषणा गुगलले बिहीबार गरेको छ । चेल्सी इलाकामा रहेका गुगलका कार्यालयमै रिटेल स्टोर स्थापना हुनेछ । स्मरण रहोस् न्युयोर्क सिटीस्थित गुगल कार्यालयहरूमा ११ हजार भन्दा धेरै गुगलका कर्मचारीहरुले काम गर्दै आएका छन् ।
गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।
एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।
एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।
ब्लग पोष्टमा भनिएको छ ‘धेरै उपभोक्ताहरु सामान किन्नु अगाडि त्यसको हार्डवेयर कस्तो छ ? हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ ? छुँदा कस्तो अनुभव हुन्छ ? अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’ आफ्नो हार्डवेयर प्रडक्टको व्यापार वार्षिक रुपमा अर्बौँ डलरको हुने गरेको गुगलले जनाएको छ । तर कम्पनीको समग्र आम्दानीमा हार्डवेयर व्यवसायको हिस्सा कति छ भनेर उसले देखाउने गरेको छैन ।
केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।
सिएनएनबाट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |