२०८० मंसिर २५, सोमबार
नवलपुर । गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलेको छ । साउन ३१ गते भरतपुरबाट रत्ननगरतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले लास बोकेको बोलेरोसहित ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।
बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । परिक्षणपछि परियारले लापसे गरेको पुष्टि भएको सिएमसी स्रोतले जानकारी दियो । प्रहरीले पछिल्लो समय सवारी चालकको मापसे र लापसे चेकिङ गर्दै आएको छ ।
अक्सफोर्ड कलेजले दुर्घटनाका सबै घाइतेको उपचार गर्ने जिम्मा लिइसकेको छ भने अधिकांश घाइते निको भएका छन् ।
-नारायणी अनलाइन
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |