

नवलपुर । नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ ।अस्पताल पुर्याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।
उनका अनुसार, मृत्यु हुनेमा बागलुङको जैमिनी ९ घर भई हाल गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैँडाकोट १० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |