• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

३ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

३ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

३ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

ज्ञानु पंगेनी १८६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २७, शनिबार (२ हफ्ता अघि)

नवलपुर । नवजागरण नमुना माध्यमिक विद्यालय चोरमाराको कक्षा चारमा अध्ययनरत छात्रा आरुषि अधिकारी उमेरले सानै भए पनि उहाँमा आत्मविश्वास भने निकै ठूलो छ ।

उहाँ निर्धक्कसँग आफ्ना कुरा राख्न सक्नुहुन्छ । आफ्ना समस्याहरू खुलेर भन्न सक्नुहुन्छ अनि दिनभरि विद्यालयमा भएका गतिविधिलाई साँझ घरमा गएपछि आफ्ना अभिभावकसँग छलफल पनि गर्नुहुन्छ । उहाँमा आएको यो आत्मविश्वासको कारण भने विद्यालयमा पढाइ हुने खुसी पाठ्यक्रम हो । जहाँबाट उहाँले आफूभित्रको डर भगाउनुभयो अनि आत्मविश्वास जगाउनुभयो ।

नवलपुरको मध्यविन्दु नगरपालिकामा दुई वर्षअघि सुरु गरिएको खुसी पाठ्यक्रमको सकारात्मक प्रभाव अहिले विद्यार्थीमा स्पष्ट देखिन थालेको छ । आरुषि त एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । नगरपालिकाभित्र रहेका ४४ सामुदायिक र १८ संस्थागत गरी ६२ विद्यालयमा सञ्चालन भइरहेको खुसी कक्षाले विद्यार्थीमा आत्मविश्वास, सकारात्मक सोच र असल व्यवहारको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

खुसी कक्षामा परम्परागत रूपमा पाठ रटाउने वा किताब पढाउने अभ्यास हुँदैन । बरु मानवीय मूल्य, नैतिकता र जीवनोपयोगी सीपलाई व्यवहारमा उतार्ने विभिन्न गतिविधिमार्फत सिकाइ गराइन्छ।

सबै विद्यालयमा हरेक दिन पहिलो घण्टी खुसी कक्षाका लागि छुट्याइएको छ । विद्यार्थीहरू ध्यानका क्रियाकलापबाट आफ्नो कक्षा सुरु गर्छन् । यसलाई ‘माइन्डफुलनेस’ भन्ने गरिन्छ । यो प्रक्रिया ५ मिनेटसम्म चल्छ । त्यसपछि ध्यानपूर्वक कसरी सुन्ने, कसरी बोल्ने, कसरी हेर्ने, कसरी हिँड्ने, कसरी सजगता अपनाउने जस्ता गतिविधिमाथि चर्चा हुने गर्दछ । यो प्रक्रिया १५ मिनेटसम्म चल्छ ।

यस चरणपछि शिक्षक र विद्यार्थीबीच अनुभव आदानप्रदान हुन्छ । साथै प्रेरणादायी कथा, समूह छलफल र जीवनोपयोगी अभ्यासमार्फत विद्यार्थीलाई असल संस्कार र सकारात्मक जीवनशैलीबारे सिकाइन्छ ।

नवजागरण माविकै कक्षा चारमा अध्ययनरत विद्यार्थी आरोन पंगेनीले पहिलो घण्टीमा ध्यान गर्ने, कथा सुन्ने, विभिन्न गतिविधिमाथि छलफल गर्ने क्रियाकलाप हुँदा खुसी लाग्ने गरेको अनुभव सुनाउनुभयो ।

खुसी कक्षाको प्रभाव विद्यार्थीमा मात्र सीमित छैन । अभिभावकले समेत आफ्ना बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभव गरेका छन् ।

अभिभावक लक्ष्मी न्यौपानेले आफ्नी छोरीको बानीव्यवहारमा निकै परिवर्तन आएको अनुभव सुनाउनुभयो । “मेरी छोरीले पहिला भनेको मान्दिनथिन् । मोबाइल हेर्न मात्रै खोज्थिन्। आफूले सक्ने काम पनि गर्न खोज्दिनथिन् । अहिले त भनेको मान्छिन्, आफ्नो काम आफैँ गर्छिन्, मोबाइल पनि पहिलेजस्तो धेरै हेर्दिनन् ।”

मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले यस पाठ्यक्रम नेपालमै पहिलो पटक मध्यविन्दु नगरपालिकाले लागू गरेको र अहिले देशका अन्य पालिकाहरुले पनि यस पाठ्यक्रमलाई अनुशरण गर्न थालेको जानकारी दिनुभयो । “खुसी पाठ्यक्रमको उद्देश्य भनेकै बालबालिका खुसी भएर पढून् भन्ने हो । बालबालिकाको छवि, असल संस्कार, चरित्र राम्रो र असल बनाउन यस पाठ्यक्रमले प्रेरित गर्छ,” अधिकारीले भन्नुभयो । “यसले भौतिक पूर्वाधार मात्रै खुसी होइन भन्ने मुख्य सिकाइ प्रदान गर्छ । मानवीय मूल्यको अनुभूति, समाजमा घुलमिल हुनु, असल समाज निर्माणमा सक्रिय सहभागिता जनाउनु तथा प्रकृतिसँग बालबालिकालाई जोड्न खुसी कक्षाले मद्दत गरिरहेको छ ।”

कार्यक्रम संयोजक लक्ष्मी पाण्डेका अनुसार खुसी पाठ्यक्रमले विद्यार्थीलाई विभिन्न विधिमार्फत खोज, अनुभव र खुसी व्यक्त गर्नका लागि भावनात्मक वातावरण सिर्जना गर्ने काम गरेको छ । खुसी पाठ्यक्रममा रमाइला व्यायाम, भित्रबाहिर खेलिने खेल, सक्रिय सोधपुछ, कथाकथन, समूहमा छलफल, सम्बन्ध निर्माण र समूहकार्यका गतिविधिजस्ता शिक्षण विधिमार्फत सिकाइ सहजीकरण गरिने हुँदा विद्यार्थीले रमाइलो तरिकाले असल संस्कार सिक्नुका साथै सहयोगी भावनाको विकास र आत्मविश्वास जगाउने काम गरेको संयोजक पाण्डेले बताउनुभयो ।

खुसी पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजकसमेत रहनुभएका नवजागरण माविका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले समाजमा नकारात्मक चिन्तन, असहयोग, तृष्णा र निराशा बढ्दै गइरहेको अवस्थामा खुसी पाठ्यक्रम निकै फलदायी बनेको बताउनुभयो ।

यस पाठ्यक्रमको प्रभाव उहाँले ठूला कक्षाहरूमा केही चुनौतीपूर्ण देखिए पनि साना कक्षाहरूमा निकै सफल भएको अनुभव साट्नुभयो । ठूला कक्षामा विद्यार्थीहरूले एक प्रकारको मनोभावना बनाइसकेको कारण यसको प्रभाव केही कम पाइएको जिकिर गर्दै यस पाठ्यक्रमलाई अझै परिष्कृत गर्दै पूर्ण रूपमा सफल बनाउने अभियानमा आफूहरू लागिरहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ३ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ३ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ३ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution