• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

३ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

३ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

३ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

नवलपुर प्रेस ४५ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण ७, बिहिबार (४ दिन अघि)

नवलपुर। नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण ४२ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ।

समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै ४२ घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको योजना बनाउनुपर्ने सुझाव दिएको हो।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले तत्कालका लागि स्थानीयको जीवन रक्षा तथा दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने बताउनुभयो। उहाँले प्रत्येक वर्ष पहिरोको जोखिम बढ्दै गएकाले एकीकृत नमुना बस्ती निर्माण गरी स्थानान्तरण नगरे जनधनको ठुलो क्षति हुन सक्ने चेतावनी दिनुभयो।

स्थानीयका अनुसार २०३८ सालदेखि हिउँद र वर्षायाम दुवै समयमा पहिरो खस्ने क्रम जारी छ। पछिल्ला दिनमा निरन्तर वर्षा भएपछि पहिरो बस्ती नजिकै आइपुगेको छ।

स्थानीय लीलबहादुर पुलामीले भन्नुभयो, “हिउँद–वर्षा दुवै समयमा पहिरो झरिरहन्छ। अहिले लगातार पानी परेपछि पहिरो बस्तीको नजिक आइपुगेको छ। आकाशमा कालो बादल देख्नेबित्तिकै बस्ती नै बग्ने हो कि भन्ने डरले राति सुत्नसमेत सकिँदैन।”

अर्का स्थानीय आशबहादुर चितौरे मगरले पुस्तौंदेखिको बसोबास भएकाले सुरुमा बस्ती छाड्न कसैले नमाने पनि जोखिम बढ्दै गएकाले राज्यले स्थायी व्यवस्थापन गरे सबै स्थानान्तरण हुन तयार रहेको बताउनुभयो।

मङ्गलबार राति जमिन चिरिएर भासिन थालेपछि स्थानीयमा थप त्रास फैलिएको छ। त्यसपछि प्रहरी र प्रशासनको टोली राम्चे पुगेर सुरक्षित स्थानमा जान आग्रह गरे पनि स्थानीयले दीर्घकालीन व्यवस्थापनबिनाको अस्थायी स्थानान्तरण स्वीकार नगर्ने बताएका थिए।

रुद्रपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरेन्द्रराज खनालका अनुसार स्थानीयले पुस्तौंदेखिको घर, खेतबारी र पशुचौपाया छाडेर अन्यत्र जान नसकिने भन्दै राज्यले वैकल्पिक स्थायी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

स्थानीयले बस्ती तत्काल नछाड्ने बताएपछि जिल्ला सुरक्षा समितिले बुधबार स्थलगत अनुगमन गरेको हो। प्रमुख जिल्ला अधिकारी उपाध्यायले जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै तत्कालीन र दीर्घकालीन दुवै उपाय आवश्यक रहेको बताउनुभयो।

पहिरोको जोखिमका कारण आर्थिक रूपमा सक्षम केही परिवार यसअघि नै अन्यत्र बसाइँ सरिसकेका छन्। हुप्सेकोट गाउँपालिकाले १८ परिवारलाई जुगेपानीस्थित एकीकृत बस्तीमा स्थानान्तरण गरिसकेको छ। तर आर्थिक अवस्था कमजोर भएका धेरै परिवार अझै जोखिमपूर्ण बस्तीमै बस्न बाध्य रहेको हुप्सेकोट–५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताउनुभयो।

उहाँका अनुसार स्थानीयलाई अस्थायी रूपमा वडा कार्यालय र विद्यालयमा सार्न सकिने व्यवस्था गरिएको छ। तर स्थानीय रुपकला प्राथमिक विद्यालयको भवन र प्राङ्गणसमेत चर्किएकाले त्यो पनि सुरक्षित नरहेको स्थानीय ६८ वर्षीय डिलबहादुर सिंजाली मगरले बताउनुभयो। उहाँले राज्यले स्थायी रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने माग गर्नुभयो।

२०७८ सालमा गरिएको भौगर्भिक अध्ययनले राम्चे क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दै त्यहाँ बसोबास नगर्न सुझाव दिएको थियो। तर अहिलेसम्म बस्ती स्थानान्तरण हुन सकेको छैन।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले राम्चे पहिरो नियन्त्रण गाउँपालिकाको क्षमताभन्दा बाहिरको विषय भएको बताउनुभयो। उहाँले कृष्णभीरमा अपनाइएको जस्तै प्रविधि प्रयोग गरी संघीय सरकारले दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो।

कावासोती पनि जोखिममा
राम्चे पहिरोको असर हुप्सेकोटमा मात्र सीमित नरही जिल्ला सदरमुकाम कावासोतीसम्म पुग्न सक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।

वडाध्यक्ष पदमबहादुर राना मगरले राम्चे पहिरो नियन्त्रण हुन नसके हुप्सेकोटसँगै कावासोती पनि जोखिममा पर्ने बताउनुभयो। गाउँपालिका अध्यक्ष पाण्डेले पनि केरुङ्गे खोलाको बहाव विगतमा जिल्ला प्रहरी कार्यालयसम्म पुगेको स्मरण गर्दै राम्चे पहिरोको दीर्घकालीन व्यवस्थापन नगरे कावासोतीसहित नवलपुरका अन्य क्षेत्रसमेत जोखिममा पर्ने चेतावनी दिनुभयो।

उहाँका अनुसार भौगर्भिक अध्ययनले राम्चेसँगै रुद्रपुर, बाघखोर र पिपलडाँडालाई पनि जोखिमयुक्त क्षेत्र देखाएको छ। यस विषयमा संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइए पनि प्रभावकारी पहल हुन नसकेको उहाँको गुनासो छ।

 

बोमलाल गिरी/गोरखापत्र अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ३ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ३ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ३ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution