

म्याग्दी। तल कालीगण्डकी नदीले बनाएको गहिरो गल्छी, माथि अग्लो भीरबाट गर्जिंदै खस्ने सुन्दर रुप्से झरना। वरिपरिको हरियाली र हिमाली वातावरणको अनुपम सङ्गमले रुप्से पुग्ने हरेक पर्यटकलाई लोभ्याउने गरेको छ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक हुँदै मुस्ताङ भ्रमणमा जाने हजारौँ स्वदेशी तथा विदेशी पर्यटकका लागि रुप्से झरना एक अविस्मरणीय गन्तव्य बनेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरना मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पर्यटकीय याममा कालीगण्डकी करिडोर हुँदै मुस्ताङ हिँडेका पर्यटक सडकछेवैमा पर्ने यस झरनामा रोकिएर तस्बिर र भिडियो खिच्न झुम्मिने गर्छन्। मनसुनको समय भएकाले अहिले झरनाको बहाव निकै बढेको छ।

रुप्सेलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित अन्नपूर्ण गाउँपालिकाले तीन करोड ६५ लाख रुपियाँ लागतमा पर्यटकीय पूर्वाधार निर्माण थालेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |