२०८१ बैशाख १५, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोटमा आज दिउसो भएको सवारी दुर्घटनमा परेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ का २२ वर्षिय बल बहादुर शाही रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६०१३ नम्बरको ट्रक गैँडाकोट १२ हर्कपुरमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका शाहिको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |