

काठमाडौं – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड ले वाइफाइ ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले यससँगै “सिक्योर इन्टरनेट – सुबिसु सुरक्षा” अवधारणाअन्तर्गत सुरक्षित इन्टरनेट सेवा पनि सुरु गरेको जनाएको छ।
नेपालमा वाइफाइ ६ प्रविधि उपलब्ध भए पनि सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने पहिलो कम्पनीका रूपमा सुबिसु ले आफूलाई प्रस्तुत गरेको छ। नयाँ सेवाले उच्च गति, फराकिलो कभरेज र एकैपटक धेरै उपकरण कनेक्ट गर्ने क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ।
वाइफाइ ६ प्रविधिले लो लेटेन्सी सुनिश्चित गर्दै प्रयोगकर्तालाई सहज र निरन्तर इन्टरनेट अनुभव दिनेछ। साथै, उपकरणको ब्याट्री बचतमा समेत सहयोग पुग्ने बताइएको छ।
त्यसैगरी, “सुबिसु सुरक्षा” अन्तर्गतको सुरक्षात्मक तहले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउनेछ। यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षित ब्राउजिङ वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
कम्पनीका उपाध्यक्ष राम कृष्ण परियारका अनुसार डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नहुने भएकाले सुरक्षित इन्टरनेट सेवा आवश्यक भएको हो। उनले गति, स्थिरता र सुरक्षालाई एकैसाथ उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सेवा ल्याइएको बताए।
सुबिसु ले ग्राहकको आवश्यकता अनुसार तीन प्रकारका प्याकेज पनि सार्वजनिक गरेको छ: स्मार्ट वाइफाइ ६, प्रो वाइफाइ ६ र एलिट वाइफाइ ६।
कम्पनीले यस पहलमार्फत नवप्रवर्तन, ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाप्रति आफ्नो प्रतिबद्धता झन् मजबुत बनाएको जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |