

काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको अग्रणी कम्पनी Subisu Limited को आयोजनामा काठमाडौंमा ‘चौथो एपीएसी आइपिभी–६ काउन्सिल मिट’ आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मेलन अप्रिल ९ र १०, २०२६ मा अर्थात आज र भोली काठमाडौंस्थित Hotel Radisson Kathmandu मा हुने आयोजकले जनाएको छ।
नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलन आयोजना हुनु ‘डिजिटल नेपाल’ अभियानलाई अगाडि बढाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सम्मेलनले नेपाललाई एशिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विकाससम्बन्धी छलफलको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा फाइभजी, स्मार्ट सिटी, औद्योगिक स्वचालनजस्ता नवीन प्रविधिका लागि आवश्यक आधुनिक इन्टरनेट प्रोटोकल IPv6 को प्रयोग, यसको विस्तार र नेटवर्क सुरक्षासम्बन्धी विषयमा अनुभव आदानप्रदान तथा छलफल हुनेछ।
यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा IPv6 को व्यावहारिक प्रयोग मा केन्द्रित रहनेछ। विश्वभरका संस्था क्लाउड–आधारित, सफ्टवेयर–निर्धारित तथा सुरक्षित नेटवर्कतर्फ अघि बढिरहेको सन्दर्भमा IPv6 को प्रयोग अब प्राविधिक सुधार मात्र नभई रणनीतिक आवश्यकता बनेको बताइएको छ।
दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय की–नोट वक्ता र विभिन्न क्षेत्रका प्रविधि विज्ञहरूको सहभागिता रहनेछ। सहभागीहरूले ज्ञान आदानप्रदान, अन्तरक्रिया तथा क्षमता अभिवृद्धिको अवसर पाउने आयोजकको विश्वास छ।
आयोजकका अनुसार पहिलो दिन “Global Adaptation, Insights and Shaping Your ICT Ecosystem with IPv6” र दोस्रो दिन “Empowering Your Enterprise Network through IPv6 and DNSSEC Deployment” विषयमा छलफल हुनेछ।
कार्यकारी निर्देशक विनयी मोहन साउदले सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न मार्गदर्शन गर्ने तथा अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्ने बताए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |