

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाद्धारा तयार गरिएको बहु उपयोगी कभर्ड हल आयोजना अघि बढ्न सकेको छैन । नगरपालिकाले ६ वर्ष अगाडी कावासोती–८,को क्षेत्रमा बनाउनको लागी तयार गरेको बहुउपयोगी कभर्डहल आयोजनाको काम अघि बढ्न नसकेको हो ।
अन्याधुनिक डिजाइन अनुसार तयार भए पनी जग्गा प्राप्तिमा विवाद भएपछि उक्त आयोजना अघि बढ्न नसकेको कावासोती नगरपालिका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीले बताउनुभयो ।
आइएफआइडी नेपाल अन्तरगत इन्जिनियर सन्तकुमार श्रेष्ठ र आर्किटेक्ट विमला तिवारी लगायतको टिमले तयार गरेको बहुउपयोगी कभर्डहल २हजार ४५७ वर्गामिटर र दुई तला साथै १७ मिटर उचाईको हुनेछ । कभर्डहल बने समग्र नवलपुरका सबै खाले खेल इनडोर खेल खेल्न सकिने नगरपालिका इन्जिनियर पवन रुपाखेतीले बताउनुभयो ।
बहुउपयोगी उक्त कभर्डहलको लागत अनुमानित २४ करोड ५८ लाख ५१ हजार २८ रुपैँया रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |