• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरका पर्यटकीय गन्तव्य : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताको संगम

दयाराम आचार्य १३१२ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार (१ साल अघि)

नवलपुर । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर जिल्ला पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। यहाँका प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरू, सांस्कृतिक विविधता र वन्यजन्तु अवलोकनका अवसरले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ।
जिल्लाको पूर्वी भागमा अवस्थित मौलाकाली मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्रको रुपमा चिनिन्छ। यस मन्दिरमा विशेषगरी चैत दशैं र नवदुर्गाको अवसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्छ। मन्दिरबाट देखिने सूर्योदय र नारायणी नदी, गैँडाकोट साथै नारायणगढ बजारको मनमोहक दृश्यले पर्यटकलाई मोहित बनाउने गर्छ।
देवचुली डाँडा रोमाञ्चक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो। यहाँबाट नवलपुर ,चितवनका वस्ती हरित फाँट तथा हिमशृङ्खलासमेत देख्न सकिन्छ। पदयात्रामा रुचि हुनेहरुका लागि यो जिल्लाकै प्रमुख गन्तव्य हो ।
हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको रुद्रपुर गढी समेत यहाँको पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको छ । छोटो दुरीको पदयात्रा गर्न रुचाउनेका लागि यो उपयुक्त गन्तव्य बन्न सक्दछ । रुद्रपुर स्थित हावाबाट विजुली निकालिएको स्थान , यधपी अहिले यो बन्द अवस्थामा रहेको छ । त्यहाँबाट करिब एक घण्टा पैदलयात्रा गरेर राजा रुद्रसेनले निर्माण गरेको रुद्रपुर गढीको भग्नावशेष क्षेत्रमा पुग्न सकिन्छ ।
धार्मिक महत्व बोकेको त्रिवेणीधाम नवलपुरका अर्को प्रमुख पर्यटीय गन्तव्य हो । विनयी त्रिवेणी गाउँपालिकामा पर्ने यो क्षेत्र देश तथा विदेशका धार्मिक पर्यटनको गन्तव्य बन्ने गर्दछ ।  माघे सङ्क्रान्ति तथा अन्य धार्मिक पर्वहरूमा यहाँ ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्।
नवलपुरको देवचुली नगरपालिका –२, मा शास्वतधाम रहेको छ । शाश्वतधाम पछिल्लो समय पर्यटनको प्रमुख गन्तव्य बनेको छ । शाश्वतधाम पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ ।
सनातन धर्मको आध्यात्मिक र धार्मिक महत्वलाई सुरक्षा गर्न पुरातात्विक तथा आधुनिक शिल्पी उपयोग गरेर धाम निर्माण गरिएको छ । “धर्मो रक्षति रक्षति“ अर्थात् धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै देवचुली र वडाचुली पहाडको काखमा अवस्थित शाश्वत धाम नेपालकै एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलका रुपमा चिनिएको छ ।

जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र मध्यको अकलादेवी अर्को महत्वपूर्ण स्थल हो । बौदिकाली गाउँपालिका –२, डेढगाउँमा पर्ने यो मन्दिर पहाडी क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र मध्य पर्दछ ।
स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएतापनि फेरि अर्को दिन सोहि स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाई छ ।
मन्दिर नजिकै अकला गुफा समेत रहेको छ । चैत पूर्णीमाका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । नवलपुर सहित छिमेकि जिल्लाहरु तनहुँ, स्याङ्जा, पाप्पा, चितवन, गुल्मी, कास्की सहित देशका अन्य भागबाट समेत भक्तजनहरु मनोकामना पुरा हुने मान्यताले पुजाअर्चनाका लागि अकलादेवी आउने गर्दछन् ।
दाउन्ने देवी मन्दिर, कैलाश सन्यास आश्रम पनि धार्मिक पर्यटकहरूको रोजाइमा पर्ने स्थलहरू हुन्। यी स्थानहरूमा पुग्दा आन्तरिक शान्तिको अनुभव हुने पर्यटकहरू बताउँछन्।

नवलपुरको अवस्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने जंगल सफारीमार्फत गैँडा, बाघ, मृग लगायतका वन्यजन्तु अवलोकन गर्न सकिन्छ। गैँडा अवलोकनका लागि यहाँका मध्यवर्ती सामुदायिक वनहरु प्रमुख गन्तव्य बनेकाछन् ।
त्यसैगरी यहाँका स्थानीय थारु समुदायको होमस्टे, मौलिक संस्कृति, नाचगान, र परम्परागत खानाले पर्यटकलाई थप आकर्षित गरिरहेको छ। होमस्टेमा बसेर पर्यटकले गाउँको जीवनशैली, कृषिप्रणाली, र जातीय विविधता नजिकबाट अनुभव गर्न सक्ने अवसर पाउँछन्। थारु समुदाय बाहेक जिल्लामा खोलिएका मगर होम स्टे, दराई होम स्टे सहितका होम स्टेमा सास्कृतिक विविधता, समुदायका रहनसहन , तत् तत् समुदायका खानाका परिकारको स्वाद चाख्न सकिन्छ ।

जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित शनिश्चरे ताल यहाँको अर्को पर्यटकीय गन्तव्य हो ।जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताललाई पछिल्लो समय पूर्वाधार विकास सहित थप आकर्षक बनाउने योजना अनुसार काम भइरहेको छ । एकतीस बिघा क्षेत्रफलमा फैलिएको ताल आफैमा आकर्षक रहेको छ ।

हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा नवलपुरका अर्को धार्मीक पर्यटनको नमूना हो । नवलपरासी बर्दघाट सुस्तपूर्व को विनयी त्रिवेणी गाउँपालिका–६ मा अवस्थित यस स्थानमा खास गरि मदारबाबा मेला लाग्ने गर्दछ । नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन यहाँ उक्त समयमा पुग्ने गर्दछन् ।
पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सहित सबै धर्ममा आस्था राख्नेहरु पुग्ने गर्दछन् ।


नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने झेरिखण्डे दरबार, हुप्सेकोटमा पर्ने झर्नाखोला, कावासोतीको महाराज थान, पोखरी ताल, नारायणी तटिय क्षेत्रमा पर्ने पिठौली, अमलटारी गंगेश्वर धाम, बालुवाडाँडा क्षेत्र, जटायु रेष्टुरेन्ट, मध्यविन्दुको लोहासेधारा,बौदीकालीको अकला गुफा यहाँका पर्यटकीय गन्तव्य हुन् ।
यस्ता विविध पर्यटकीय सम्पदाले भरिपूर्ण नवलपुर जिल्ला गण्डकी प्रदेशको मात्र होइन, समग्र देशको पर्यटकीय नक्सामा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, पर्यटन व्यवसायी तथा समुदायबीचको सहकार्य थप बलियो बनाउँदै लैजाने हो भने नवलपुरमा पर्यटन प्रवद्र्धनको सम्भावना अझ उज्यालो देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution