• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

जग्गा विवादमा गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र ८ वर्षदेखि अलपत्र

नवलपुर प्रेस १०० पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १७, बुधबार (३ हफ्ता अघि)

गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन ।

गत वर्ष स्वीकृत गरिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनलाई परिमार्जन गर्नुपरेका कारण आयोजना निर्माणमा थप ढिलाइ हुने देखिएको छ । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले ‘इआइए’ अन्तर्गत वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्न लागिएको बताए ।

आयोजना निर्माणस्थलमा कटान गर्नुपर्ने रूखको गणना गर्दा प्रतिवेदनले औँल्याएभन्दा विपरीत रूखको सङ्ख्या घटबढ भएको पाइएपछि पुनः अध्ययन गरी रूखको सङ्ख्या यकिन गर्न लागिएको हो । ‘तीन वर्षअघि एआईए गर्दाको समयमा भन्दा अहिले गणना गर्दा कटान गनुपर्ने रूखको सङ्ख्या कतै कम त कतै बढी रहेको पाइयो,’ महाशाखा प्रमुख ढकालले भने, ‘पहिले गणना गरिएका पुराना रूख ढल्दा र नयाँ बिरुवा हुर्केका कारण रूखको सङ्ख्या घटबढ भएको हो ।’

दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रूखको गणना गरिएको थियो । वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि परामर्शदाता छनोट गरेर काम अगाडि बढाइने भएको छ । यसअघि परामर्शदाता कम्पनी गौमुखीले ‘इआईए’को जिम्मा पाएको थियो ।

प्रदेशको वन तथा वातावरण मन्त्रालयले कटान गर्नुपर्ने रूखको वास्तविक सङ्ख्या यकिन गरेर पठाउन उद्योग तथा पर्यटन मन्त्रालयलाई पत्राचार गरेको महाशाखा प्रमुख ढकालले बताए । ‘वातावरणीय व्यवस्थापन योजना परिमार्जन भएपछि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढ्छ, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको हो’, उनले भने ।

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रूखको गणनासहित क्षेत्रफल यकिन गरेर सङ्घको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाइने महाशाखाले जनाएको छ । सो मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुनेछ । त्यसपछि बल्ल औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने जनाइएको छ ।

जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहाखोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच तथा यकिन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ ।

जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा चार हजार ५०० रोपनी र लोकाहाखोलामा १४१ बिगाहामा औद्यागिक क्षेत्र निर्माण हुनेछ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो ।

पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहे पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । प्रदेश गौरवका आयोजना निर्माणमा ढिलाइ हुँदा प्रदेश सरकारप्रति नागरिकले पनि गुनासो गर्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution