• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

दयाराम आचार्य १६९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (१ महिना अघि)

नवलपुर। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउबिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ । ‘कृषि उत्पादन बढेमा किसानको आम्दानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ’, उनले भने, ‘त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नवप्रवर्तन कार्यक्रममार्फत लगानी गरिरहेका छौँ ।’

गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईँका अनुसार उखु र बेसारखेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ । उखुखेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ । त्यस्तै उखुखेती हुने क्षेत्रमा सिँचाइको सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाअन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उनले बताए ।

बेसारखेती गर्ने किसानका लागि भने बीउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राविधिक परामर्श उपलब्ध गराउने गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत करिब रु एक करोड ५० लाख लगानी गरी उखु र बेसारखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईँले जानकारी दिए । उनका अनुसार बेसारखेती गर्ने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ उपलब्ध गराइएको छ ।

यस क्षेत्रमा बेसार उत्पादनको सम्भावना राम्रो रहेको, सिँचाइको आवश्यकता कम पर्ने तथा बजार व्यवस्थापन अपेक्षाकृत सहज भएकाले बेसारखेतीलाई विशेष प्राथमिकता दिइएको कृषि प्राविधिक चापागाईँले बताए । उत्पादन बढेसँगै स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास गाउँपालिकाको छ ।

उखु उत्पादनका लागि गाउँपालिकाको वडा नम्बर ६ र ७ उपयुक्त क्षेत्र भएकाले सोहीअनुसार कार्य गरिएको छ । बेसारखेतीका लागि वडा नम्बर १, २, ३ र ४ लाई विशेष प्राथमिकता दिएर काम गरिएको कृषि प्राविधिक चापागाईँले बताए ।

कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषक समूहलाई ट्याक्टर, रोटाभेटर, कल्टीभेटर र ट्रलीलगायत कृषि उपकरण हस्तान्तरण गरेको छ । पचास प्रतिशत अनुदानमा दुई वटा कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ भने जैविक मल उत्पादन गरिरहेको विनयी सामुदायिक वनसँगको साझेदारीमा मल उत्पादन र ढुवानीलाई सहज बनाउन एउटा ट्याक्टरसहित आवश्यक सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आयमुखी बनाउने लक्ष्यका साथ आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने कृषि प्राविधिक चापागाईँले बताए । स्थानीय किसानलाई उत्पादन वृद्धि, बजार पहुँच र कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने दिशामा गाउँपालिका सक्रिय रूपमा लागिपरेको छ उनको भनाइ छ । ‘मुख्य गरी कृषि उत्पादन बढाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन वृद्धि गराउने लक्ष्य हाम्रो हो, सोहीअनुसार काम गरिरहेका छौं’, कृषि प्राविधिक चापागाईँले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution