

नवलपुर ।नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१५, चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ ।
गए राति स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए । खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।
उपचारकै क्रममा राति चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताउनुभयो ।
घटनापछि प्रहरीले आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |