• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

नवलपुर प्रेस २७९ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतबार (२ महिना अघि)

नवलपुर । वनमा खेरा गएको पातपतिङ्गर संकलन गरेर व्यवसायिक रुपमा जैविक मल उत्पादन गर्दै आएको विनयी सामुदायिक वनलाई मल उत्पादनमा सहजताका लागि प्रविधि हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ), विनयी त्रिवेणी गाउँपालिका र सामुदायिक वनको समेत सहभागितामा मल उत्पादन कार्यमा सहजताका लागि ट्याक्टर, कम्पोस्ट टर्नर, कम्पोस्ट मिक्सिङ्ग मेसिन, कम्पोस्ट क्रसर/पल्भराइजर हस्तान्तरण गरिएको हो ।

नवलपरासी पूर्वको विनयी सामुदायिक वन उपभोक्ता समुहले वनमा खेरा गएका पातपतिङ्गर सहित मिचाह प्रजातिका झाडीहरु सफाई गरी त्यसबाट जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मललाई प्याकेजिङ्ग गरेर बिक्रि वितरण गर्दै आएको सामुदायिक वन समूहलाई बोरा सिलाई मेसिन र कन्टिन्युअस ब्याण्ड सिलर समेत हस्तान्तरण गरिएको छ । जैविक मल उत्पादक उद्यमको मूल्य अभिवृद्धिका लागि प्रविधि हस्तान्तरण कार्यक्रम सहभागी संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ) का नेपाल तथा भूटान प्रतिनिधि केन सिमीज्युले समुदायस्तरबाट वन तथा वातावरण संरक्षणमा भएको यस कार्यको प्रसंशा गर्नुभयो । उहाँले परम्परात शैलिमा जैविक मल उत्पादन गर्नु निकै कठिन रहेको भन्दै विनयी सामुदायिक वनमा महिला नेतृत्वमा भएको जैविक मल उत्पादन कार्यको लागि बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जैविक कृषि तथा वन व्यवस्थापनका प्रयासहरूले वातावरण संरक्षण, दिगो कृषि विकास र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

जैविक मल उत्पादनले माटोको गुणस्तर र उत्पादनमा पार्ने सकरात्म प्रभावसंगै वन क्षेत्रमा खेरा गएका इन्धनजन्य बस्तुको व्यवस्थापनले वन डढेलो नियन्त्ररणमा खेल्ने भूमिकाको दोहोर फाईदा समुदायले लिन सक्ने बताउनुभयो । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जैविक मल उद्योगले स्थानीय किसानलाई गुणस्तरीय मल उपलब्ध गराउनुका साथै कृषि उत्पादन वृद्धि र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनु भयो ।

स्थानीय सामुदायिक वनबाट रोजगारीको सृजना गाउँपालिकाको समेत प्राथमिकतामा रहेको भन्दै उहाँले जैविक मल उत्पादनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोगका लागि आफु तयार रहेको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन स्थानीय उपभोक्तासंग जोडिएको संस्था भएको भन्दै सामुदायिक वनबाट विपन्न तथा गरिव परिवारका लागि स्वरोजगार अभिबृद्धि गर्न सकिने बताउनुभयो । उहाँले वन ऐन २०७६ मा कृषि वनको विषय समेत समेटिएको भन्दै उद्योग सम्बन्धी ऐन लगायत अन्य कानुनि अड्चन हटाएर सामुदायिक वनलाई उद्यम र उद्योगसंग जोड्नु पर्ने बताउनुभयो ।

विनयी सामुदायिक वनले गरेको असल अभ्यासहरु देशका अन्य सामुदायिक वनहरुका लागि समेत सिकाईको विषय बनेको बताउनुभयो । विनयी सामुदायिक वनको व्यवस्थापनमा सञ्चालित विनयी जैविक मल उद्यममा हाल १० वटा सामुदायिक वन उपभोक्ता समूह आबद्ध रहेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहहरूको जीविकोपार्जन कार्यक्रम अन्तर्गत २०७५-०७६ सालदेखि सुरु भएको अभियान कोभिड महामारीका चुनौती पार गर्दै अहिले दिगो वन उद्यमका रूपमा विकास भएको समूहका अध्यक्ष बालु पुरीले बताउनुभयो । पहिलो चरणमा २०७९ सालमा फेकोफन र एफएओको वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा उद्योगको पहिचान तथा प्रारम्भिक सहयोग गरिएको थियो । हाल उद्योग पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ, जहाँ २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौं घरपरिवार अप्रत्यक्ष रूपमा लाभान्वित भएको पुरीले बताउनुभयो ।

उद्योगमा आधुनिक मेसिन, टर्नर, प्याकेजिङ मेसिन तथा ट्र्याक्टरको प्रयोगमार्फत उत्पादन विस्तार गरिएको छ । हालसम्म करिब १ लाख २५ हजार किलो जैविक मल उत्पादन भइसकेको र आगामी दिनमा वार्षिक १२ लाख किलो उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पुरीले जानकारी दिनुभयो । उद्योग सञ्चालनका लागि एफएओ नेपालबाट ४२ लाख २४ हजार ७ सय रुपैयाँ तथा उद्यमको सहलगानी मार्फत ११ लाख २२ हजार रुपैयाँ लगानी गरिएको सामुदायिक वनका व्यवस्थापक मिना पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution