

नवलपुर । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमाल ले उद्योगमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नवलपुर उद्योग वाणिज्य संघ द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रिमालले नवलपुरको लोकाहा क्षेत्रमा रुख गणनाको कार्य सम्पन्न भइसकेको जानकारी दिँदै अब छिट्टै औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।

उहाँले सरकार परिवर्तन भइरहने अवस्था तथा वनसम्बन्धी प्रक्रियागत जटिलताका कारण उद्योग–व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सागर पोख्रेल ले राजनीतिक अस्थिरताका कारण उद्योगी–व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्ज सँग सम्बन्धित नीतिगत तथा प्रक्रियागत समस्याले उद्योग सञ्चालन प्रभावित भएको उल्लेख गर्दै विज्ञापन कर, व्यवसाय कर तथा स्थानीय तहबाट उठाइने विभिन्न करले व्यवसायीमाथि थप दबाब परेको गुनासो गर्नुभयो ।
अध्यक्ष पोख्रेलले निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउँदै व्यवसायमैत्री नीति अवलम्बन गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष पोख्रेलको अध्यक्षता रहेको थियो भने मन्त्री रिमाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिवले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्षले व्यक्त गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |