• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

पचासपछि बढ्दै प्रोस्टेटको जोखिम

नवलपुर प्रेस २१८ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार (२ महिना अघि)

काठमाडौँ । पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ । पछिल्लो समय युरोलोजिस्ट चिकित्सककहाँ प्रोस्टेट रोगका बिरामीको लाम लामो हुन्छ ।

नेपालका ७७ वटै जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीरमा दैनिक तीन हजार बिरामी आउने गर्छन् । तीमध्ये ४०० जना बिरामी युरो वार्ड ओपिडीमा आउने गर्छन् । अस्पतालका युरोलोजिस्ट वार्डका प्रमुख डा. रवीनबहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी ८० देखि एक सय जना हुन्छन् । तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी ६० देखि ७० जना आउने गरेका छन् । यस्तै प्रोस्टेटको सङ्क्रमण भएर दैनिक १७ देखि २० जना आउने गरेका छन् । यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक चारदेखि छ जना बिरामी आउने गरेका छन् ।

वीरमा मात्र होइन, निजी तथा अन्य सरकारी अस्पतालमा पनि प्रोस्टेट भएका बिरामीको भिड हुने गर्छ ।  काठमाडौँनिवासी ७२ वर्षीय हरि उप्रेती पिसाबको समस्या लिएर वीर अस्पताल जानुभयो । विभिन्न परीक्षणपछि चिकित्सकले उमेरका कारणले प्रोस्टेट बढेको भन्दै औषधी दिनुभयो र अहिले उहाँको समस्या धेरै कम भएको छ । काठमाडौँकै ४२ वर्षीय अमोद तिमल्सिनाले पनि उस्तै समस्या लिएर जाँदा चिकित्सकले प्रोस्टेट सङ्क्रमण भएको निक्र्योल गरी औषधी नै दिनुभयो । हेटौँडाका आमोद शर्माको विगत पाँच वर्षअघि प्रोस्टेटको शल्यक्रिया भएको थियो । उक्त शल्यक्रिया दुई वर्ष टिक्न सकेन । दुई वर्षपछि पुनः उहाँलाई समस्या हुन थाल्यो । दुई वर्षपछि अस्पताल आउँदा उहाँको दोस्रो पटक शल्यक्रिया गराइयो । अत्यधिक प्रोस्टेट बढेपछि उहाँलाई क्यान्सरको शङ्कामा चिकित्सकले बायोप्सी गराउनुभएको थियो । तर बायोप्सीमा क्यान्सर नेगेटिभ आयो । दोस्रो पटक प्रोस्टेटको शल्यक्रिया गराउनुभएका शर्मालाई फेरि दुई वर्षपछि समस्या भएर हाल प्रत्येक दुई÷दुई महिनामा चिकित्सकलाई देखाइरहनुभएको छ ।

एक पटक शल्यक्रिया भइसकेपछि किन पटक पटक प्रोस्टेट बढेर शल्यक्रिया गराइन्छ, किन प्रोस्टेट बढिरहन्छ भन्ने जिज्ञासामा वरिष्ठ युरोलोजिस्ट डा. रवीनबहादुर बस्नेतले पिसाबको नलीले सही बाटो लिन नसक्दा पटक पटक प्रोस्टेट समस्या दोहोरिने गरेको बताउनुभयो । डा. बस्नेतका अनुसार कुनै व्यक्तिको एक पटक शल्यक्रिया गरेपछि पटक पटक दोहोरिँदैन तर कुनै व्यक्तिलाई पटक पटक दोहोरिन सक्छ । पुरुषमा ५० वर्ष पुगिसकेपछि क्रमशः प्रोस्टेट बढ्दै जान सक्छ । यो रोग पुरुषमा देखिने साझा समस्याका रूपमा छ ।

“प्रोस्टेटका रोगी तीन किसिमका हुन्छन्,” डा. बस्नेतले भन्नुभयो, सङ्क्रमण भएर, उमेरका कारण र प्रोस्टेटको क्यान्सर भएर बिरामी अस्पताल आउने गर्छन् ।”

उहाँले अस्पतालको युरो वार्डमा आउनेमध्ये २० प्रतिशत बिरामी प्रोस्टेट समस्या लिएर आउने गरेको जानकारी दिनुभयो । पाँच प्रतिशत क्यान्सर र ७५ प्रतिशत उमेरका कारणले प्रोस्टेट बढेर आउने बिरामी अस्पताल आउने गर्छन् ।

युरोलोजिस्ट डा. बस्नेतका अनुसार प्रोस्टेट पुरुष शरीरमा पाइने एक ग्रन्थी हो, जुन पिसाबथैलीमुनि हुन्छ । उमेरसँगै यसको आकार बिस्तारै बढ्दै जान्छ । सबै पुरुषमा प्रोस्टेट बढ्छ तर सबैलाई समस्या हुन्छ भन्ने हुँदैन । जब प्रोस्टेट अत्यधिक बढ्छ, तब पिसाब प्रणालीमा अवरोध सिर्जना गरेर विभिन्न लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो ।

डा. बस्नेतका अनुसार प्रोस्टेट समस्या देखिँदा सबैभन्दा पहिले पिसाबसँग सम्बन्धित लक्षण देखा पर्छन् । बारम्बार पिसाब लाग्नु, पिसाब थाम्न नसक्नु, राति पटक पटक उठ्नुपर्ने, पिसाब सुरु हुन ढिला हुनु, पिसाबको धारा कमजोर हुनु वा टुक्राटुक्रा भएर आउनु जस्ता लक्षण यसका सङ्केत हुन् ।

पिसाब फेरेपछि पनि पूर्ण रूपमा ननिख्रिएको महसुस हुनु र तुरुन्तै पुनः पिसाब लाग्नु पनि यसका लक्षणमध्ये पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार कतिपय अवस्थामा बिरामीले सार्वजनिक स्थान वा यात्रा गर्दा समस्या झनै बढी महसुस गर्ने गर्छन् । बसमा यात्रा गर्दा बारम्बार रोकिनुपर्ने, बैठकमा बस्न नसक्ने, पिसाब रोक्न नसकेर चुहिने अवस्थासमेत देखिन सक्छ । सुरुमा देखिने यी सङ्केतलाई सामान्य भनेर बेवास्ता गर्न नहुने उहाँको सुझाव छ ।

समयमै उपचार नगरेमा प्रोस्टेटले गम्भीर जटिलता निम्त्याउन सक्ने भन्दै उहाँले पिसाबथैलीमा सङ्क्रमण, पत्थरी बन्नु, पिसाब मिर्गौलातर्फ फर्किनु, मिर्गौला सुन्निनु र अन्ततः मिर्गौलामा क्षति जोखिम हुने गर्छ । युरोलोजिस्ट डा. उजिता मिश्राका अनुसार कहिलेकाहीँ पिसाबमै रगत देखिन सक्ने र पिसाब पूर्ण रूपमा रोकिने अवस्था आउन सक्छ । उहाँले बिरामीको अवस्था अनुसार फरक फरक उपचार विधि अपनाइने बताउनुभयो । “सबै बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन,” डा. मिश्राले भन्नुभयो, “प्रारम्भिक अवस्थामा औषधोपचारबाटै लक्षण नियन्त्रण गर्न सकिन्छ ।” समस्या जटिल बन्दै गएमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउने उहाँले स्पष्ट पार्नुभयो । जीवनशैली व्यवस्थापन पनि उपचारको महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ ।

नियमित समयमा पिसाब फेर्ने बानी बसाल्नु, राति सुत्नुअघि अत्यधिक पानी नपिउनु, मदिरा सेवन नगर्नु तथा सक्रिय जीवनशैली अपनाउनु आवश्यक रहेको डा. मिश्राको सुझाव छ ।

नेपालमा प्रोस्टेटसम्बन्धी समस्या बढ्दो देखिनुका पछाडि बढ्दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको छ । पहिलेको तुलनामा अहिले प्रोस्टेटका बिरामी अस्पतालमा आउने क्रम बढेको भए पनि अझै ठुलो सङ्ख्या परीक्षणभन्दा बाहिरै रहेको छ । नेपालमा प्रोस्टेटसम्बन्धी समस्या बढ्दै गए पनि यसबारे जनचेतना जागृत हुन सकेको छैन । लाज, डर तथा जानकारी अभावका कारण धेरै पुरुष समयमै स्वास्थ्य परीक्षणबाट टाढा रहने गरेका छन् । पिसाबसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श लिनु पर्छ,” डा. बस्नेतले भन्नुभयो, “समयमै उपचार भएमा जटिल अवस्थाबाट बच्न सकिन्छ र जीवनस्तर पनि सुधार्न सकिन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रोस्टेटसम्बन्धी चिकित्सक केन्द्रीय अस्पतालमा मात्र नभई प्रादेशिक अस्पतालमा समेत रहेको जानकारी दिनुभयो । सरकारको प्राथमिकतामा युरोलोजी तथा प्रोस्टेट रोग रहेको भन्दै उहाँले त्यही अनुसारको दरबन्दी तथा विशेषज्ञहरू कार्यरत रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution