• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

आस्था, विश्वास र प्रकृतिको सुन्दर संगम ‘महाराजाथान’

दयाराम आचार्य ३४२ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार (३ महिना अघि)

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजा थान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तिखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।

पहाडी काखमा रहेको मन्दिर परापूर्वकालमा पाल्पाका राजा मणिमुकुन्द सेनले स्थापना गरेको स्थानीय अग्रज बताउँछन् । राजा मणिमुकुन्द सेनले आफ्ना राज्यको सीमा सुरक्षार्थ शक्ति पीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताउनुभयो ।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँजसो नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् ।

महाराजा थान मन्दिर आज धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालुहरू मन्दिरमा आउने गरेका समितिका अध्यक्ष थापाले बताउनुभयो । “यहाँका समुदायले अनुकूल वा प्रतिकूल जुनसुकै अवस्था आउँदा पनि यहाँ पूजा गर्ने गर्छन्,” अध्यक्ष थापाले बताउनुभयो ।

तत्कालीन समयमा तराईमा औलो लगायतका महामारी तथा रोग फैलिँदा त्यसबाट मानिसलाई जोगाउन मन्दिरप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरू आई कुखुरा, हाँस, परेवा, भेडा, पाठो, राँगो जस्ता बली चढाई चार–पाँच दिनसम्म बास बसी धार्मिक कार्य गर्ने गर्दथे भन्ने यहाँका अग्रजहरूबाट बुझिएको मन्दिरका अध्यक्ष थापाले बताउनुभयो ।

यहाँका आदिवासी थारू समुदायले यसलाई सदियौँदेखि विशेष रूपमा पूजा गर्दै आएको अध्यक्ष थापाको भनाइ छ । उक्त समुदायले महाराजा देवतासँग वर मागी निसन्तान हुनेहरूको सन्तान प्राप्ति भएको र सो सन्तानको न्वारन पनि यसै मन्दिरमा आई गर्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । कतिपयले आफ्ना बालबच्चाको नामसमेत थारू भाषामा महाराजा/महाराजी राखेको पाइएको उहाँले बताउनुभयो ।

मन्दिर नजिकै रहेको हरियाली वातावरण, चिसो हावा र वरिपरि देखिने मनोरम दृश्यका कारण यहाँ घुमफिर गर्न तथा पूजा गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष थापाले बताउनुभयो । यहाँ पञ्चबलीसहित परेवा उडाउन आउनेको संख्यासमेत उल्लेख्य हुने गरेको अध्यक्ष थापाले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले यसका लागि विभिन्न शुल्क निर्धारण गरेको छ ।

महाराजा थानमा विशेषगरी बडा दशैं र रामनवमी अर्थात् चैते दशैंको पावन अवसरमा मेलापर्वकै रूपमा धार्मिक कार्य गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

महाराजा थान मन्दिरको विकासका लागि २०६९ सालमा महाराजा मन्दिर धार्मिक सेवा समिति निर्माण गरी यसको थप संरक्षणमा लागिएको अध्यक्ष थापाले बताउनुभयो । मन्दिरको थप भौतिक संरचना निर्माण र मन्दिर परिसरको स्तरोन्नति तथा विकास कार्यका लागि डीपीआरसमेत तयार गरिसकिएको अध्यक्ष थापाले बताउनुभयो । राज्य स्तरबाट ऐतिहासिक स्थलका रूपमा रहेको महाराजा थानको विकासका लागि पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि वडा स्तरबाट रकम विनियोजन गर्दै आएको बताउनुभयो ।

महाराजा थान जिल्लाकै प्रमुख धार्मिक स्थलका रूपमा रहेकाले यसको थप विकासका लागि प्रदेश र संघ स्तरबाट समेत सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

महाराजा थानको थप व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा नवलपुर मात्र नभई देशकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको कार्यवाहक वडा अध्यक्ष थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution