

चितवन। यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत÷इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको ‘भिसा प्रोशेसिङ’, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्था कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |