

देवचुली । देवचुली नगरपालिका–१३ सुकुम्बासी बस्तीस्थित भित्री सडक खण्डमा स्कुटर चेकजाँचका क्रममा लागू औषधसहित एक जना पक्राउ परेका छन्।
मिति २०८२ माघ २९ गते राति करिब ८:०० बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा बेस प्रगतिनगर (नवलपरासी क्षेत्र नं. १) बाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार सरोज थापा मगरको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले प्र. ३–०३०३ प १२१ नम्बरको स्कुटरलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा स्कुटर चालक देवचुली–१३ बोटेटार बस्ने २५ वर्षीय दुर्गाबहादुर वाङटकी मगरको साथबाट ८०० ट्याब्लेट Promethazine र ७९० ट्याब्लेट Tramadol Hydrochloride बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा स्कुटर पछाडि सवार व्यक्ति भने फरार रहेका छन्। पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको छ। बरामद लागू औषधसहित अन्य सामग्री सुरक्षित रूपमा बेसमा राखिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |