

नवलपुर । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने भएको छ।
शिविर माघ २७ गते त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा सञ्चालन हुनेछ। त्यसैगरी माघ २८ गते मध्यविन्दु नगर अस्पतालमा र माघ २९ गते हुप्सेकोट स्वास्थ्य चौकी, हुप्सेकोटमा शिविर आयोजना गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
शिविरमार्फत परिवार योजना सम्बन्धी परामर्श, अस्थायी तथा स्थायी परिवार योजना सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी लगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ।सन्तानको रहर पुगेकाहरुलाई बध्याकरण सेवा समेत उपलब्ध हुनेछ।
स्थानीय बासिन्दालाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो। सम्बन्धित स्थानका सेवाग्राहीहरूलाई तोकिएको मितिमा उपस्थित भई सेवाको लाभ लिन प्रदेश जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |