

देवचुली। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।
नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |