

नवलपुर । नवलपुरको कावासोती–८, स्थित मध्यविन्दु स्काइलाइन एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयमा सञ्चालन हुन गइरहेका शैक्षिक ,सांस्कृतिक तथा वार्षिकोत्सवका कार्यक्रमहरूको जानकारी गराएको छ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा गरिने विभिन्न कार्यक्रमका विषयमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
जस अनुसार विद्यालयले पूर्व प्राथमिक तहअन्तर्गत विभिन्न कक्षाका शैक्षिक गतिविधिहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ। माघ २ गते शुक्रबार कक्षा पीजी र नर्सरीका विद्यार्थीहरूको शैक्षिक गतिविधि प्रस्तुत गरिने विद्यालयका भाइस प्रिन्सिपल इन्द्रबहादुर गुरुङले बताउनुभयो । त्यसैगरी माघ ३ गते शनिबार कक्षा एलकेजी र यूकेजीका विद्यार्थीहरूको शैक्षिक गतिविधि प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
यसैबीच विद्यालयको गरिमामय आठौँ वार्षिकोत्सवका अवसरमा माघ सातगते बुधबार विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा राष्ट्रिय स्तरका कलाकारहरू एलिना चौहान र रमेशराज भट्टराईको विशेष प्रस्तुति आयोजना गरिने जनाइएको छ ।
माघ ९ गते विद्यालयमा सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम तथा कक्षा पीजीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको अन्तिम रजिस्ट्रेशनको व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |