

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–४ हसौरामा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल पौडेलका अनुसार स्वर्ण महोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आज रक्तदान तथा स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको हो। शिविरमा ४१ जनाले रक्तदान गरेका छन् भने २३६ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयकी प्रधानाध्यापक कल्पनाले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष नारायणप्रसाद लोहनीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आम समूह, अभिभावक तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।
स्वास्थ्य संयोजक राजु भण्डारीले सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै हसौरा स्वास्थ्य क्लिनिक, नेपाल रेडक्रस सोसाइटी शाखा कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्र तथा ओम डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
विद्यालयले स्वर्ण महोत्सवको अवसरमा माघ ३ गतेदेखि माघ ७ गतेसम्म विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |