

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु. १४ करोड १० लाखको लागतमा पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण गरिएको छ । दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा रहेको स्वास्थ्य संस्थालाई नगर अस्पतालमा स्तर उन्नति गर्दै सुविधासम्पन्न नगर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
सुविधायुक्त भवन निर्माण भएसँगै अस्पतालबाट सेवा प्रदान गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । भवन निर्माण भएसँगै अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई समेत थप प्रभावकारी बनाउने गरि विशेषज्ञ सहितको सेवा प्रदान गर्न थालिएको उहाँले बताउनुभयो । देवचुली नगरपालिका बासीका लागि जटिल प्रकृतिका स्वास्थ्य समस्या बाहेकका सेवा लिन अन्यत्र जानुपर्ने अवस्था नरहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । यस अघि साँघुरो भवन हुँदा चाहेरपनि गुणस्तरीय सेवा प्रदान गर्नका लागि असहज हुँदै आएकोमा अब पूर्वाधार अभावकै कारण सेवा प्रदानमा हुने कठिनाइको अन्त्य भएको उहाँले बताउनुभयो ।
अस्पतालको सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख हरिप्रसाद न्यौपानेले उद्धघाटन गर्नुभएको छ ।
देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठका अनुसार नगर अस्पतालमा हप्ताको ६ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी , नाककान, घाँटी , छाला , पेट , छाती तथा मुटुरोग , स्त्री रोग , मानसिक रोग लगायतका विशेषज्ञ सेवा , एमडिजिपी डाक्टर सहित आँखा उपचार र दन्त उपचार सेवाका लागि पनि नगर अस्पतालबाटै उपचार सेवा प्राप्त गर्न सकिने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । गर्भवती महिलाका लागि एनोम्याली स्क्यान सुविधा समेत अस्पतालले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा शव पोष्टमार्टम सेवा समेत सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रमको पालिकाको प्रथम विन्दुका रुपमा समेत नगर अस्पताल रहेकाले अब बिमा कार्यक्रममा आवद्ध नागरिकले समेत थप सहज रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालले २४ सै घण्टा उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
देवचुली नगर अस्पतालमा अहिले दैनिक करिब दुईसय पचास जना बिरामीले स्वास्थ्य उपचार सेवा लिइरहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |