

नवलपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो टार्गेटमा पर्नु दुखद भएको बताउनुभएको छ । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुखद भएको बताउनु भएको हो ।
आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, लोटफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको अध्यक्ष ढकालले बताउनुभयो । भदौको आन्दोलनमा निजी क्षेत्रका हरेक प्रतिष्ठानहरूमा लुटपाट र आगजनी तथा तोडफोडका घटना भएको भन्दै यस्ता घटनामा संलग्नलाई कारवाहीको दायरमा ल्याउनुपर्ने अध्यक्ष ढकालले बताउनुभयो । ‘जेन जिको उद्देश्य सुशासन र भ्रष्टाचार अन्त्य थियो ,तर लुटपाट ,तोडफोड र आगजनीका घटना भए, त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्छ अध्यक्ष ढकालले भन्नुभयो । आउने दिनमा यस्ता खालका घटना नहोस् भन्नका लागि पनि त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । यस विषयमा सरकारसँग आफुँहरुले छलफल गरेको भन्दै रोजगारी सिर्जना गर्ने क्षेत्र , राज्यलाई कर तिर्नेहरु लाई राज्यले संरक्षण गर्नुपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।
अध्यक्ष ढकालले नेपालको पुँजी परिचालन गरि ठूला आयोजनाहरू देश भित्र सञ्चालन गर्न सकिने बताउनुभयो । नेपालका केही हुँदै हुदैन भन्ने भाष्यलाई चिर्नका लागि समेत आफूहरूले नेपालकै पुँजी परिचालन गरि सबै क्षेत्रका व्यवसायीलाई समेटी रु. दश अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताउनुभयो । उक्त कम्पनी मार्फत कुनै जिल्लामा नयाँ योजनामा लगानी गर्नुपर्ने देखिए लगानी गर्ने बताउनुभयो ।
नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्र संघका अध्यक्ष वैकुण्ठ अर्यालको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष भेषबहादुर अधिकारीको स्वागत तथा महासचिव सागर पोखरेलको संचालनमा भएको थियो ।
कार्यक्रममा विभन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । संघको उद्घाटन सत्र शुक्रबार सम्पन्न भएको छ । छैटौं अधिवेशनको काम भने विधान संसोधन लगतै हुने छ । विधानमा सामान्य संसोधन गरिएको संसोधन विधान अनुसार हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |