

नवलपुर । धान काटेर भित्राउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा रु. एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ । कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब रु. एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताउनुभयो ।
नवलपुरमा हालैको वर्षाका कारण एक सय ९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो । जसबाट ५ सय २१ मेट्रिक टन धानमा क्षति पुगेको उहाँले बताउनुभयो ।
नवलपुरमा यो वर्ष करिब १८ हजार ३ सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो । अहिले धान भित्राउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्राएका छन् ।
नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धानहरू लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैतेधान खेती समेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो ।
धानको उचित मूल्य नपाएको किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान खेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूँहरुले नपाएको गुनासो गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. तीन हजार ४६३ र मध्यम धानको रु. तीन हजार ६२८ कायम गरेको छ । तर किसानहरुले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्य भन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरुलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो ।
नवलपुरमा ब्यापारीहरूले धान प्रति क्विन्टल रु. दुई हजार ८०० देखि रु. तीन हजार १०० भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । उहाँले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |