

नवलपुर । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा प्रहरीले दुई फरक घटनामा तीन जनालाई पक्राउ गरेको छ ।
कात्तिक २१ गते विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेस्थित राजमार्गमा जाँच गर्ने क्रममा जिल्ला लमजुङ घर भएका ३१ वर्षीय सागर गुरुङ र २५ वर्षीय मीन प्रसाद गुरुङ पक्राउ परेका हुन् । उनीहरूबाट लागू औषध Diazepam ८४ एम्पुल, Phenergan ८५ एम्पुल, र IPPL Buprenorphine Injection ८६ एम्पुल गरी कुल दुई सय ५५ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत नवलपुरको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, कात्तिक २२ गते बिहान सवा ८ बजे सोही गाउँपालिका–७ रानीनगरस्थित मधुकला अधिकारीको घरआँगनमा पार्किङ गरिएको लु ३९ प ७७८५ नम्बरको स्कुटर चोरी गरी भारततर्फ लैजाने क्रममा बिहारका २५ वर्षीय रमेश दरई पक्राउ परेका छन्। पक्राउ परेका दरईलाई समेत म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |