

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई सय ४२ जना मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ । रोटरी क्लब अफ कावासोतीको आयोजना भएको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा उक्त सङ्ख्यामा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको क्लबका अध्यक्ष नारायण प्रसाद न्यौपानेले बताउनुभयो ।
कात्तिक ११ गतेदेखि कावासोती –१६, डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको शिविरबाट जिल्लाका मोतियाबिन्दु भएका बिरामीले लाभ लिएकाछन् ।
शिविरमा आएका मध्य ८० जनाको उच्च रक्तचाप र सुगरको समस्याले शल्यक्रिया हुन नसकेको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो । सात जना बिरामीलाई भने थप उपचारका लागि तिलगङ्गा आँखा प्रतिष्ठानमा पे्रषण गरिएको उहाँले बताउनुभयो । तिलगंगा आँखा प्रतिष्ठानका डा. विवेक विष्टको टोलीले शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो ।
मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नपूर्व क्लबले जिल्लको कावासोती, मध्यविन्दु र हुप्सेकोटका विभिन्न नौ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट मोतियाबिन्दुको समस्या देखिएका बिरामीको हाल शल्यक्रिया गरिएको रोटरी क्लब अब कावासोतीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
जिल्लाको ग्रामीण क्षेत्रमा मोतियाबिन्दुको समस्या बोकेर रहेकाहरूलाई सहज रुपमा स्थानीय स्तरमा उपचार गर्ने सामाजिक उद्देश्यले क्लबले शिविर सञ्चालन गरिएको अध्यक्ष न्यौपानले बताउनुभयो । ‘कतिपयले उमेरका कारण यस्तै हो भनेर आँखाको ज्योति गुमाएर बसेकाहरूलाई पुनः आँखा देख्ने बनाउने सोचका साथ सहज रुपमा उपचारको व्यवस्थापनका लागि क्लबले शिविर गरेको हो’ अध्यक्ष न्यौपानले बताउनुभयो । मोतियाबिन्दुलाई सामान्य समस्या मानी यसै बस्नेहरू ग्रामीण स्तरमा अझ धेरै रहेको हुँदा उनिहरुलाई लक्षित क्बले शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । कात्तिक ११ गतेदेखि संचालन गरिएको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर शुक्रबार समापन गरिएको छ ।
छ वर्षको अवधिमा नियमित रुपमा शिविर सञ्चालन गर्दा जिल्लाका २५ हजार जनाको आँखा परीक्षण गरिएको रोटरी क्लब अफ कावासोतीका संस्थापन अध्यक्ष भरत पोखरेलले बताउनुभयो । जसमध्ये करिब ३ हजार जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । क्लबले सञ्चालन गरेको शिविरमा करिब ७० प्रतिशत महिलाहरूको मोतियाबिन्दुको शल्यक्रिया गरिएको पोखरेलले बताउनुभयो । ग्रामीण क्षेत्रका महिलाहरू धुँवा युक्त चुलोचौकामा काम धेरै गर्ने, पुरुषको तुलनामा उपचारमा महिलाको पहुँच कम भएरपनि शिविरमा आउने महिलाको सङ्ख्या धेरै भएको हुनसक्ने पोखरेलले बताउनुभयो ।
क्लब स्थापनाको समयदेखि आँखा शिविर , अन्य विभिन्न प्रकार स्वास्थ्य शिविर लगायतका कार्यहरू गर्दै आएको संस्थापक अध्यक्ष पोखरेलले बताउनुभयो । जिल्लामा वार्षिक रुपमा गर्दै आएको आँखा शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामी धेरै भेटिएपछि मोतियाबिन्दुको शल्यक्रिया शिविरलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |