• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

दयाराम आचार्य ४६२ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार (११ महिना अघि)

नवलपुर। परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताउनुभयो ।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताउनुभयो । भोदी खेल  थारू समुदायको पुरानो खेलका रूपकसमेत कायम रहने उहाँले बताउनुभयो ।

भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी  निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताउनुभयो । शुक्रबार थारू समुदायको परम्परागत तथा मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको यो खेल विशेषतः युवा समूहबीचका खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको  सहभागिता आवश्यकता पर्ने गर्दछ । थारु अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्वका  साथ खेलाइने गरिन्छ । यति बेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको महतोले बताउनुभयो ।

शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष तथा महिला समूहको सहभागिता रहेको थियो । यसले समेत थारू समुदायको भोदी खेलको महत्व थप बलियो बनेको उहाँले बताउनुभयो ।

अनत पर्वमा गरिने उपवासले आफूले गुमाएको सम्पति फिर्ता गराउन सक्ने भन्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकारसमेत रहनुभएका महतोले बताउनुभयो ।

द्धापार युगमा कौरव र पाण्डबीचको द्धन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागि र उत्तसाहपूर्वक बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उहाँले बताउनुभयो ।

सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धुमधामका साथ खेल्ने गरिएको महतोले बताउनुभयो । भोदी खेल थारू समुदायले खेल्ने गरेको मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारसमेतले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution