

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू समुदायको पहिचान, संस्कृति र इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वात्त क्षेत्र दिनुपर्ने बताउनु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भएपनि यो जनसङ्ख्याले यहाँबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व हुने सम्भावना असम्भव जस्तै भएको भन्दै यहाँका थारू समुदायका लागि विशेष वा स्वात्त क्षेत्र दिनुपर्ने बताउनुभयो भएको हो ।
‘थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ , प्रदेशको हिसाबले निक्कै थोरै थारूको समुदाय रहेकाले यो जनसङ्ख्याले कहिल्लै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व गर्ने सम्भावना झण्डै झण्डै असम्भव रहेको छ । त्यसको एउटै मात्र उपाय गण्डकी प्रदेश भित्र एउटा विशेष क्षेत्र वा स्वात्त क्षेत्र थारूहरु का लागि दिनुपर्छ ’ अध्यक्ष दाहालले भन्नुभयो ‘ अनि मात्र थारुहरु को पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ । यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ । ’
अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरु को ठिकसँग कार्यान्वयन हुन नसकेको बताउनुभयो । संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भएपनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताउनुभयो । आफूले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउनुपर्छ भन्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो ‘आज भोलि म अन्यत्र जाँदा पनि यदि कुनै जातिको बहुमत छैन, जहाँ उनीहरूका राम्रो प्रतिनिधित्व हुन सक्दैन ,त्यस्तो जातिका लागि स्वात्त क्षेत्र , विशेष क्षेत्र र कमजोर उपस्थिति भएकाहरूका लागि संरक्षित क्षेत्र बनाउन पर्छ भन्दै आएको छु । ’
उहाँले थारू समुदायको इतिहास, संस्कृति र पहिचानको जगेर्ना हुन्छ भन्ने भएर छुट्टै क्लष्टर राखिएको बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र संघसम्म दलित , महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन ,जनयुद्ध र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापितको लागि समेत आफू लागिरहन बताउनुभयो ।
‘माओवादीकै कारण स्थानीय तहदेखि प्रदेश र संघ सम्म दलित , महिला, आदिवासी जनजाति , मजदुर किसानको प्रतिनिधित्व भएको हो’ अध्यक्ष दाहालले भन्नुभयो ‘यदि जनयुद्ध नभएको हुन्थ्यो भने, यदि जनयुद्ध र जनआन्दोलन मिलाएर बाह्र बुँद्धे समझदारी बनाएर हामी संविधान सभामा नगएका हुन्थ्यौँ भने यो अधिकार पनि अहिले सम्भव हुने थिएन । ’
कार्यक्रममा बोल्दै थारु सङ्ग्राहलयको जग्गाको भोगाधिकारको विषयमा आफूले सदनमा कुरा उठाउने बताउनु भएको छ । जिल्ला स्तरीय भोदी प्रतियोगितामा महिला तथा पुरुषतर्फ गरि करिब ६० बढी समूहहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्धघाटन सत्र थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |