

कावासोती । नवलपुरको कावासोतीमा ओठ–तालु फाटेका, आगलागीका कारण शरीरको एक भागसँग अर्को भाग जोडिएर कुँजो भएकाहरु र हात–खुट्टामा औंला बढी जोडिएका बिरामीका लागि निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
यस्तै खालका स्वास्थ्य समस्याबाट पीडितलाई उपचार दिने उद्देश्यले यही भदौ २३ गते बिरामी छनोट शिविर सञ्चालन हुने छ । शिविरको आयोजना काठमाडौँस्थित किर्तिपुर अस्पताल, फेक्ट नेपाल र रिसर्ज इन्टरनेशनल संस्थाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रम डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा हुने जनाइएको छ ।
शिविरमा सहभागि हुने बिरामीले पूर्ण रूपमा निशुल्क शल्यक्रिया सेवा पाउनेछन् । आयोजकले स्थानीयलाई शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिन आह्वान गर्दै थप जानकारी तथा सोधपुछका लागि सम्पर्क नम्बर ९८५५०६८१४४, ९८५५०५९६०६ र ९८४५३३२०४० उपलब्ध गराएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |