• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरकी चाँदनी ‘गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेन’

नवलपुर प्रेस ५९३ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार (११ महिना अघि)

दीपक भट्टराई ।  नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी जिम्मेवारी स्पष्ट देखिन्छ।

चादनीको जीवन अभाव र संघर्षको कथा हो। घर सामान्य टहरो मात्र – छानोमा जिर्ण टिन, भित्तामा माटो र बाँस। भित्र छिर्दा चुलोमा धुवाँ मात्र निस्किन्छ, भाँडामा अन्न हुँदैन। घरमा न खानेपानी छ, न शौचालय। पानी, बिजुली र शौचालयको लागि छिमेकी सरस्वती पाैडलकाे घरमा भर पर्नुपरेको छ भने बिजुलीको लागि पनि पाैडेलले नै झुन्डाई दिएको बत्तीबाट काम चलाउनुपरेको छ।

छिमेकी सरस्वती पौडेलेले चादनीको घरमा पानी नभएका कारण आफ्नै घरबाट पानी र बिजुली दिएर सहयोग गरेको बताईन ।

चादनीका पिता मस्तिष्कघातबाट ग्रस्त छन्, काम गर्न सक्दैनन्। आमा सुन्न सक्दिनन्, बोल्न सक्दिनन्। परिवारको जीवन धान्ने एक मात्र बाटो भनेको आमाले गाउँ-गाउँ भौतारिँदै मागेर ल्याएको चामल हो। उनी भन्छिन्, “बुवा बिरामी हुनुहुन्छ। आमाले बोल्न र सुन्न सक्दिनन्। आमाको अपांग भत्ता jfपत ३ महिनामा पाउने ६ हजार ४ सय रूपैयाँ पनि बुवाको औषधिमा सकिन्छ। अहिले बस्दै आएकाे घर वडा कार्यलयले बनाईदिएकाे छ, बाFकी काम छिमेकीले सहयोग गरेर बनाईदिएका हुन्।”

चादनीका अनुसार सन्तानका लागि आमाबुबालाई दिनुपर्ने रेखदेखको जिम्मेवारी ठूलो छ। सरकारले दिने भत्ता पर्याप्त छैन। आमाले गाउँघरमा गएर सहयोग मागेर ल्याएको अन्नले घर चलाउनु पर्छ, तर कहिलेकाहीँ पानी पिएर नै नै गुजारा चलाउनु परेकाे उनी बताउँछिन् ।

तर यही कठिन परिस्थितिमा पनि चादनीले आफ्नो शिक्षा छोडेकी छैनन। उनी भन्छिन्, “अघिल्लो रात भोकै भए पनि बिहान म विद्यालय जान्छु। किनभने पढाइ नै मेरो भविष्यको बाटो हो।”

बिदाको दिन उनी गाउँकै खेतमा मजदुरी गर्छिन्। कमाएको सानो आम्दानीले घरको दाल–भात चल्छ। तर यो कठिनाइले उनको हिम्मत कहिल्यै डगमगाएकाे छैन। उनी भन्छिन् –
“गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोसेको छैन उनका लागि अहिले विद्यालयकै शिक्षक र छिमेकी सरस्वती दिदी नै साहारा बनेकाे उनी बताउँछिन् ।

कक्षा १० की चादनी मेहनती, लगनशील र अनुशासित छात्रा हुन्। उनका साथीहरू भन्छन्, “चादनी हामी सबैका लागि प्रेरणा हो। उनका दृढ सङ्कल्प र लगनशीलता देखेर हामी पनि पढाइमा ध्यान दिन प्रेरित हुन्छौँ।”

विद्यालयका प्रधानाध्यापक हरि न्यौपाने भन्छन्, “चादनी कक्षामा ध्यानपूर्वक पढ्छिन्, गृहकार्य कहिल्यै छुटाउँदिनन्। घरमा जतिसुकै समस्या भए पनि उनी पढाइमा अब्बल छिन्। यस्तो मिहिनेती छात्रालाई विद्यालयले सकेको सहयोग पुर्याएको छ। पोशाक, किताब – कापी, आवश्यक सामग्रीसम्म निशुल्क उपलब्ध गराएका छौं। आवश्यकता परे शिक्षकहरूले व्यक्तिगत रकम उठाएर पनि सहयोग गरिरहेका छाै”, न्याैपानेले भने ।

चादनीको दिनचर्या सरल तर मेहनतपूर्ण छ। बिहान छिटो उठेर अध्ययन गर्ने, विद्यालयमा अनुशासीत भएर पढाइमा ध्यान दिने र घर आएर गृहकार्य पूरा गर्ने – यही उनको सफलताको सूत्र हो। तर अभावले कहिलेकाहीँ उनलाई भोकै विद्यालय पुग्न बाध्य बनाएको छ।

प्रधानाध्यापक न्यौपाने भन्छन्, “साना सहयोगले पनि मिहिनेती विद्यार्थीलाई ठूलो उपलब्धि दिलाउन सक्छ। चादनी जस्ता विद्यार्थीहरूले समाजमा उज्यालो भविष्य निर्माण गर्छन्। हामी सबैले यस्तो प्रतिभावान् विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ।”

मेरो सबैभन्दा ठूलो सपना पढाइ निरन्तरता दिनु हो। म वकिल बन्न चाहन्छु। गरिब र पीडितको न्यायका लागि लड्ने, र मेरा जस्तै कठिनाइमा रहेका बालबालिकालाई नि:शुल्क पढाउने रहर छ।” सहयाेग पाए उच्च शिक्षा पढ्ने ईच्छा भएकाे बताउFछिन चादनी .

कक्षा १० मा अध्ययनरत चादनी अहिले विद्यालयकै प्रथम छात्राका रूपमा चिनिन्छिन्। उनको जीवनले देखाउँछ कि अभावले पेट भोक बनाउन सक्छ, तर सपना भोकै मर्दैन। गाउँको झुपडीमा पनि उज्यालो आशा फुल्न सक्छ। केवल सानो सहयोग र समाजको ध्यानले चादनी जस्तो प्रतिभा उज्यालो भविष्यतिर उडान भर्न सक्छ।

स्थानीय जनप्रतिनिधिहरूले आश्वासन दिएका छन् – घर बनाईदिने, खानेपानी र शौचालय जडान गर्ने, विद्युतको पहुँच दिने। तर वास्तविकता भने फरक छ। वडा अध्यक्ष लालबहादुर गुरुङ भन्छन्, “पानीको पम्प गाड्यौं, तर पछि समस्या आयो। विद्युतको मिटरको पैसा तिरेर राखेका छौँ, अब प्राविधिक बोलाएर जडान गरिदिने तयारी छ। खानेपानी योजना अन्तर्गत ट्याङ्की निर्माण भइरहेको छ, तर ठेकेदारको काम ढिलाइ हुँदा वितरण प्रक्रिया रोकिएको छ। बिपन्न परिवारलाई सहयोग गर्ने विषयमा छलफल भइरहेको छ र हामी सहयोगका लागि तयार छौँ। स्रोत र प्राविधिक सहयोग जुटाउन सकेमा छिट्टै घरदेखि शौचालय, पानी र बिजुली जडानका काम पूरा गर्ने लक्ष्यमा छौं।”

चादनी गोसाईको कथाले हामीलाई सम्झाउँछ – सपना र मेहनतको मूल्य अभावले मेट्न सक्दैन। भोकले पेट खाली राख्न सक्छ, तर सपना भोकै मर्दैन। उनको जीवनले सन्देश दिन्छ—अभावबीच पनि उज्यालो भविष्यको सपना बोकेर अघि बढ्न सकिन्छ।

चादनी मात्र होइन, नवलपुरका सयौँ बालबालिकाको कथा यस्तै छ। उनीहरूलाई शिक्षा, आधारभूत सुविधा र अवसर उपलब्ध गराउन सके मात्र समाजले उज्यालो पुस्ता पाउनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
नवलपुर बिशेष सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution