

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), । जिल्लाका विभिन्न भागहरूमा औलोका बिरामी देखा परेसँगै प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले औलो रोगको केस अनुसन्धान (case-based investigation) लाई तीव्र पारेको छ।
कार्यालयका अनुसार संक्रमित व्यक्तिहरूको सम्पर्क पहिचान, नमुना संकलन तथा नियमित अनुगमन कार्य भइरहेका छन्। यससँगै औलो रोगको संक्रमण श्रृंखला तोड्न सम्भावित जोखिम क्षेत्रको पहिचानमा पनि विशेष ध्यान दिइएको छ।
समुदायस्तरमा समेत औलो रोगबारे जनचेतना अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। यस्ता कार्यक्रममा स्थानीय बासिन्दालाई औलोका लक्षण, रोकथामका उपायहरू, सरसफाइको महत्व, र लक्षण देखिए स्वास्थ्य संस्थामा तुरुन्तै पुग्नुपर्नेबारे जानकारी दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

यसैक्रममा ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले समुदायमा सचेतना अभिवृद्धि तथा संक्रमित पहिचान कार्यलाई अझ प्रभावकारी बनाइएको जानकारी दिनुभयो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |