

राजु चापागाई।देवचुली । देवचुली–७ स्थित भीमसेन आदर्श माध्यमिक विद्यालयले एसईई २०८१ मा ४ जीपीए ल्याउने सिम्जना भट्टराईलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
प्रारम्भिक नतिजामा ३.९६ जीपीए आएपछि पुनर्योगको आवेदन दिएकी भट्टराईको नतिजा सुधार भई ४ जीपीए भएपछि विद्यालयले बाजागाजासहित नगर परिक्रमा गरी सम्मान गरेको हो। विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालका अनुसार विद्यालयको इतिहासमा ४ जीपीए ल्याउने पहिलो विद्यार्थी भट्टराईलाई एसईई सुरु हुनु अघि नै घोषणा गरिएको नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले भीमसेनको उत्कृष्ट नतिजाले पालिकाको गौरव बढाएको भन्दै नगरपालिकाबाट समेत भट्टराईलाई सम्मान गरिने जानकारी दिए। यस वर्ष देवचुलीमा ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
भट्टराईले मेहनत, शिक्षक र परिवारको साथका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताइन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेका अनुसार यो नगद पुरस्कार सामुदायिक विद्यालयबाट दिइएको सम्भवत: नेपालकै उच्चतम हो।
एसईई २०८१ मा भीमसेनबाट ८६.५०% विद्यार्थी उर्त्तीण भएका छन्। २३७ मध्ये २०५ जना पास भई विद्यालय देवचुली नगरपालिकामा प्रथम बनेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |