• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरको सिङ्चाङका पाखामा उदाहरणीय कागतीखेती

रासस ६०८ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १८, आईतबार (११ महिना अघि)

नवलपुर।सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त छन् । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाएका उनी अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ । लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागतीखेतीले यतिबेला उत्पादन दिन थालेको छ । गत वर्ष सामान्य रूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन सुरु भएको उनले बताए ।

यो वर्षमात्र ५० क्विन्टल कागती बजारमा पठाइसकिएको उनले बताए। कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ । “विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरुअरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती सुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ” किसान चापागाईँले भने ।

उनका अनुसार सबैजसो बोटबाट उत्पादन सुरु भएकाले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ । चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागतीखेतीलाई अगाडि बढाएका छन् । कागतीखेती विस्तारका क्रममा रहेको भुसालले बताए ।

दुवै जना मिलेर सिङ्चाङमा सुरु गरेको उदाहरणीय कागतीखेतीका कारण यहाँ अन्य किसानसमेत कागतीखेतीतर्फ आकर्षित भएका छन् । यहाँ गाउँका अन्य किसानले समेत करिब चार हजार बिरुवा लगाएका छन् । सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ । उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन् । नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताए । कागतीखेतीमा हालसम्म रु एक करोड बढी लगानी भएको उनको भनाइ छ । कागतीखेती सुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन् । स्थायी रूपमा तीन जना कामदार रहेको र समयसमयमा अन्य कामदारसमेत खटाइने गरिएको छ । नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तलाखेतीको समेत थालनी गरेका छन् ।

नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागतीखेतीमा संलग्न छन् । नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ । नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ । कागतीसँगै नवलपुरमा सुन्तलाखेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ मार्फत नवलपुरमा कागतीखेती प्रवर्द्धन हुँदै आएको छ । कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग–कीराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ । अनुदानले कागती र सुन्तलाखेती गर्नेहरूको सङ्ख्या बढाउँदै गएको उनले बताए ।

कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ । अहिले कागती प्रतिकेजी रु ८५ सम्ममा बिक्री हुँदै आएकाले मूल्यसमेत कम रहेको उनको भनाइ छ । उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ ।

कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताए । यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहज रूपमा बजारीकरणका लागि पहल भइरहेको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution