

काठमाडौं।करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो । २९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बलको सामना गरेका करणले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।
त्यसअघि आजको खेलमा नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले सानदार अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले ११ चौकासहित ५३ रन बनाए । अर्का ओपनर आसिफले ३३ बलमा २० रन बनाए । त्यसपछि नेपालको ब्याटिङ सम्हाल्न आएका भीम सार्की र कप्तान रोहित पौडेलले पनि सन्तोषजनक प्रदर्शन गरे । सार्कीले ४८ बलमा ४० रन बनाउँदा कप्तान पौडेल ३७ रन पेभेलियन फर्किए । यस्तै विस्फोट ब्याटिङ गरेका गुल्शन झाले ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए । दीपेन्द्र सिंह ऐरी, सोम्पाल कामी र आरिफ शेखको ब्याट आज चल्न सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो । स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।
नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल सातौं स्थानमा उक्लिएको छ भने पराजित भएको स्कटल्याण्ड चौथो स्थानमा यथावत् छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |