• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मोबाइलमा दुधको घण्टी !

नवलपुर प्रेस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिबार (१ साल अघि)

गुल्मी । गुल्मीको सत्यवती–४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहकी सदस्यसमेत रहनुभएकी उहाँको एउटा भैँसी र गाई छ । अर्को गाई थप्ने योजना छ । गैरेले अहिले दैनिक बिहान साँझ गरेर २४ लिटर दुध बेच्नुहुन्छ । मासिक ४५/५० हजार रुपियाँ कमाउनुहुन्छ । बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन । घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताउनुभएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन ।

स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो । महिला एकीकृत बने । सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका–४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए । गैरेले भन्नुभयो, “त्यो बेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो । मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो ।” अहिले राधिकाले परदेश जानुभएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर कृषिसँगै कुटानीपिसानी व्यवसायमा जोड्नुभएको छ । उहाँले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताउनुभयो ।

एक्सिङकै मीना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गर्नुभयो । अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन । घरमा समूहबाट किनेका दुई वटा गाई छन् । सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपियाँ आउँछ । श्रीमान् झमानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ । याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपियाँमा गाई किन्नुभएकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो ।

एक्सिङका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन् । एउटै गाउँका ४०/४५ जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दुध सङ्कलन गर्ने गरेको छ । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्घाका विभिन्न ठाउँ र खैरेनी बजारको समेत गरेर दैनिक सात सय लिटरसम्म दुध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दुध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले बर्सेनि दुध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको बताउनुभयो ।

गाउँमा २०७३ सालबाट पशुपालन बढेको छ । पहिले थोरै थोरै उत्पादन हुन्थ्यो । सत्यवती गाउँपालिकाले एकल कम्पनीबाट भन्दा समूहमार्फत दुध उत्पादन विस्तार गर्दा धेरै जनाको परिवारसम्म पैसा पुग्ने भएकाले संस्थागत उत्पादन र बजारीकरणमा जोड दिएको छ । पशु प्राविधिक नारायण खनालले गाउँपालिकाले प्रतिगाई २५ हजार अनुदान र तालिमसहित सङ्कलन केन्द्रका लागि सहजीकरण गरिरहेको बताउनुभयो । खनालका अनुसार अघिल्लो वर्ष एक लाख ६४ हजार लिटर दुध सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र अस्लेवा, ठुलोलुम्पेक र चेहेमीबाट बिक्री भएको बताउनुभयो ।

खनालका अनुसार गाउँपालिकाको उत्पादनमा आधारित अनुदानमार्फत दुई सय लिटरभन्दा माथि उत्पादन गर्ने कृषकलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिएको छ । खनालले गत वर्ष सत्यवतीबाट दुई करोड रुपियाँभन्दा बढीको दुध बिक्री भएको र अहिले वृद्धि भएर तीन करोड रुपियाँ पुग्ने दाबी गर्नुभयो । गाउँपालिकामा २०२ जना किसान दुध उत्पादनमा जोडिएका छन् । दुधबाटै व्यक्तिगत रूपमा दुई लाख रुपियाँसम्म मासिक कमाउने छन् ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले पहाडको समृद्धिको आधार नै कृषि भएकाले आफूहरू योजनाबद्ध रूपमा कृषि र पशुपालनमा जोडिएको बताउनुभयो । उहाँले अनुदान, सिप र उपकरणमा सहयोग तथा बजारीकरणमा पालिकाले सहजीकरण गरिरहेको बताउनुभयो ।

-टोपलाल अर्याल/गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution