

नवलपुर । नेपाल निजामती कर्मचारी संगठन नवलपुरको आयोजनामा सञ्चालित फुटसल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गरिएको छ ।
आइतबार कावासोती स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन नवलपुरका अध्यक्ष कमल पोख्रेलले बताउनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार फुटसल प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त क्रममा पुरुषतर्फ ८ वटा समूह र महिला तर्फ दुई वटा समूह सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका समूहलाई कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख बाबुराम विश्वकर्माले मेडल , ट्रफी , प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । 
प्रतियोगितामा डिभिजन वन कार्यालय नवलपुरको A टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको थियाे। नेपाल विद्युत प्राधिकरण कावासोती शाखा द्वितीय, बिनयी त्रिवेणी गाउँपालिका तृतीय तथा डिभिजन वन कार्यालयको B टिम सान्त्वना स्थान प्राप्त गर्न सफल भएकाे थियाे।
महिला समूहतर्फको प्रतिस्पर्धामा मध्यविन्दु नगरपालिकाको टिम प्रथम र डिभिजन वन कार्यालयको टिम द्वितीय भएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |