

नवलपुर । नवलपुरको कावासोतीमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । कावासोती नगर खेलकुद विकास समितिले खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गरेको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष एवं कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनाल (दीपेश)ले बताउनुभयो ।
कावासोती नगरपालिका बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएर मेडल जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको हो । यस्तै प्रशिक्षक तथा खेलकर्मीलाई मायाकाे चिनाे र प्रशंसापत्र सहित प्रोत्साहन तथा सम्मान गरिएको खनालले बताउनुभयो ।
कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै नगरपालिकाले खेलकुदको विकासका शिक्षा शाखाले हेर्दै आएको यस क्षेत्रलाई सबैको सल्लाहमा छुट्टै रूपमा खेलकुद विकास समिति गठन गरेको र समिति मार्फत अहिले खेलकुदका गतिविधि बढ्दै गएको बताउनुभयो । पालिका भित्रको खेलको विकासमा नगरपालिकाले समिति मार्फत काम गर्दै जाने उहाँले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद जति महत्त्वपूर्ण रहेको छ त्यतीनै समाज र राष्ट्रलाई चिनाउन समेत सहयोग पु¥याउने हुँदा यसको विकासमा लाग्ने सबैमा उहाँले धन्यवाद दिनुभयो ।
कावासोती नगरपालिका सहित जिल्लाकै खेल क्षेत्रको विकासका लागि यसमा लाग्ने खेलाडी ,प्रशिक्षक र खेलकर्मीको हौसला प्रदानगर्न प्रोत्साहन तथा सम्मान कार्यक्रम गरिएको समितिका अध्यक्ष खनालले बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमचन्द्र पौडेल, शिक्षा शाखा अधिकृत राजन पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, उपाध्यक्ष अम्बिका पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य यमकला पौडेलले गर्नुभयएको थियो भने स्वागत उपाध्यक्ष तिर्सन घर्तीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |