

नवलपुर । नवलपुरको कावासोतीमा माघे सङ्क्रान्तिको अवसरमा माघे सङ्क्रान्ति सांस्कृतिक मेला हुने भएको छ । कावासोती नगरपालिका–३, स्थित २८ बिगाहामा २८ बिघा युवा क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष मनोज अधिकारीले बताउनुभयो ।
२८ बिगाहामा यस अघि पनि माघे सङ्क्रान्ति विशेष कार्यक्रम हुँदै आएकोमा त्यसलाई निरन्तरता दिँदै कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभयो । माघ एक गतेका दिन विभिन्न सांस्कृतिक कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
माघ सङ्क्रान्तिको अवसरमा स्थानीय संस्कृतिको प्रवर्द्धन, कलाकारहरूको प्रोत्साहन सहित यस कार्यमा युवाहरूलाई परिचालन गर्ने उद्देश्य सहित कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक डम्बर बहादुर पुनले बताउनुभयो ।
फाइल तस्विर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |