

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नवलपुर जिल्ला अदालतले एक वर्ष पुराना शून्य बनाउने रणनीति अनुसार काम अघि बढाएको छ । छिटो छरितो मुद्धाको फैसला गरि नागरिकलाई सहजता दिलाउने उद्देश्यले अदालतले पुराना मुद्दालाई प्राथमिकता दिँदै आएको नवलपुर जिल्ला अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयो ।
नवलपुर जिल्ला अदालतमा असोज मसान्तसम्ममा एक वर्ष नाघेका जम्मा १६ वटा मुद्दा मात्र रहेको स्रेस्तेदार घिमिरेले बताउनुभयो । चाडपर्व बिदाका कारण यि मुद्दा मात्र एक वर्ष नाघेको उहाँको भनाई छ । ढिलो न्याय दिनुपनी न्याय नदिनु सरह हुन्छ भन्ने कुरालाई आत्मसाथ गरि जतिसक्दो छिटो मुद्दाको छिनोफानो गर्ने गरि योजना बनाएर काम गरिरहेको उहाँको भनाई छ । गत आर्थिक वर्षको सुरुमा दर्ता भएका १६ वटा मुद्दा मात्र एक वर्ष नाघेको र अन्य कुनैपनि एक वर्ष पुरानो मुद्दा अदालतमा नरहेको उहाँले बताउनुभयो ।
नवलपुर जिल्ला अदालतले तीन महिनाको अवधिमा विभिन्न प्रकारका १ सय ४७ मुद्दा फछर्यौट गरेको छ । गत आवबाट जिम्मेवारी सरी आएका ४ सय ५५ ,यो आर्थिक वर्षको असोज मसान्तसम्म दर्ता भएका नयाँ २ सय ८५ गरि कुल ७ सय ३४ मुद्दा रहेकोमा यसमा १६ वटा मुद्दा मात्र एक वर्ष नाघेको रहेको स्रेस्तेदार घिमिरेले बताउनुभयो । पुराना मुद्दा सहित विशेष प्रकारका मुद्दालाई प्राथमिकताका साथ छिनोफानो गर्ने गरि सूची तयार पारि काम गर्ने गरिएको उहाँले बताउनुभयो । बिदाका कारण केही मुद्दा बाँकी रहेकाले यि मुद्दालाई समेत किनारा लगाउँदै एक वर्ष पुराना मुद्दालाई शून्यमा झार्ने उहाँको भनाई छ ।
छिटो रुपमा मुद्दा छिनोफानो गर्दा मुद्दामा संलग्न पक्षहरूलाई समेत कम झन्झट हुने ,न्याय पाउनुपर्नेले छिटो न्याय पाउने हुँदा अदालत प्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने स्रेस्तेदार घिमिरेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |