

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा धारलो हतियार प्रयोग गरि एक जनाको हत्या भएको छ । प्रहरीले हत्याको घटनामा संलग्न आरोपितलाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका–९, विशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरलाई धारितो हतियार प्रयोग गरि हत्या गरेको आरोपमा प्रहरीले देवचुली –९, विशालटारकै ३० वर्षीय अजुर्न नेपालीलाई पक्राउ गरेको हो ।
२०८१ कात्तिक ९ गते राति साढे नौ बजेको समयमा आरोपित अर्जुन नेपालीले मृतक मिलन मानन्धरको पेटमा धारिलो हतियारले प्रहार गरेका थिए । धारिलो हतियार प्रयोगबाट गम्भिर घाइते हुनुभएका मिलन मानन्धरको सोही रातिनै उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
धारिलो हतियार प्रयोग गरि फरार आरोपित अर्जुन नेपालीलाई रातिनै प्रहरी भाग्दै गर्दा कावासोती नगरपालिका –१६, डण्डाबाट गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |