

कावासोती । कावासोती नगरपालिका स्तरीय नगर बाल सञ्जालको अध्यक्षमा एलिसा पन्थी चयन हुनुभएको छ ।
आज कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर बाल सञ्जाल पुर्नगठन कार्यक्रमबाट पन्थीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखाकी रिता रिजालले जानकारी दिनुभयो ।

सञ्जालको उपाध्यक्षमा निवेश तिवारी , सचिवमा आशिष श्रेष्ठ , सहसचिवमा निश्चल पौडेल , कोषाध्यक्षमा आकृति महतो चयन हुनुभएको छ । सदस्यहरुमा प्रकृति अर्याल , कृषन्त चापगाईं , नवराज सुवेदी , गगन कार्की , किन्जल थापा , आशिका पोख्रेल सुवासना ढुगाना ,अञ्जना परियार , अभिषेक रिजाल , विन्दु खोजवार , सिमरन भण्डारी चयन हुनुभएको छ ।

उक्त कार्यक्रममा निबर्तमन कार्यसमितिको विदाई कार्यक्रम समेत गरिएको छ ।
बाल सञ्जालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख फूल कुमारी थनेत , निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर भण्डारी , शिक्षा शाखा अधिकृत राजन पाण्डे , महिला बालबालिका शाखा प्रम्ुख सुशिला तिमिल्सिना , कार्यपालिका सदस्यहरु ल्गायतको सहभागिता रहको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |