

नवलपुर । सामाजिक विकास कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा कावासोतीमा आज मिडियासँग सामाजिक विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले सामाजिक विकास कार्यालयद्वारा भएका काम , योजना तथा समस्या र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।
पुँजीगत कार्यक्रमकामा बिभिन्न ३६ योजना मध्ये २१ योजना सम्पन्न भएको र ८ वटा कार्यान्वयनको अवस्थामा रहेको उहाँले बताउनुभयो ।
पूँजीगत तर्फका कार्यक्रम मध्येमा ३६ वटा नै योजनाहरूको स्थलगत रुपमा सरोकारवाला सहित अनुगमन गरी २९ योजनाको स्थल छनोट तथा नापजाँच गरी प्राविधिक इस्टमेट तयार गरिसकिएका, २९ वटा योजनाका उपभोक्तासँग योजना सम्झौता गरी कार्यादेश भै २१ योजना कार्य सम्पन्न भै सकेका र ८ वटा योजना कार्यान्वयनको अवस्थामा रहेको , २ वटा ठूला विद्यालय पूर्वाधार विकास योजनाका ठेक्का सम्झौता भै एउटा भवन निर्माण सम्पन्न हुने चरणमा रहेको र एउटाको निर्माण कार्य सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
यस्तै चालुतर्फ महिलाहरूको लागि २० दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रम सञ्चालन भएको , लैंगिक हिंसा विरुद्धको अभियान गैडाकोट नपा ३ ढोडेनीमा सञ्चालन भएको ,अपाङ्गता सम्बन्धी सीबीआर कार्यक्रम कार्यान्वयन अन्तर्गत अपाङ्ग पुनर्स्थापना परिषद्सँग सम्झौता भै मध्यविन्दु चोरमारामा गलैंचा बुन्ने तालिम सञ्चालन भइरहेको , ह्विलचेयर लगायत अपाङ्गता सहायता सामग्री खरिद गरी माग बमोजिम वितरण भैरहेको ,एकल महिलाहरूका लागि नेतृत्व विकास सम्बन्धी एकदिने अभिभुखिकरण सञ्चालन गरिएको , स्थानीय तह कावासोती सँगको समन्वयमा हिंसा प्रभावित महिला तथा बालबालिकाहरूका लागि अल्पकालीन आश्रय सहितको सेवा केन्द्र सञ्चालन निरन्तरता रहेको उहाँले बताउनुभयो ।

यस्तै शिक्षक विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत शिक्षक तथा विद्यार्थी हरूको वक्तृत्वकला र नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको, जिल्ला बाल भेला आयोजना गरी सञ्जाल गठन तथा अभिभुखिकरण कार्यक्रम गरिएको ,बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत मध्यविन्दु न पा र हुप्सेकोट गा पा मा अभिभुखिकरण तथा पूर्व तयारी चरणको कार्यक्रम आयोजना गरिएको , महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरूको संस्थागत क्षमता विकासका लागि १० वटा समूहलाई संस्थागत सहायता सामाग्री हस्तान्तरण गरिएको , जिल्लाका सबै पालिकाबाट सहभागिता हुनेगरि दलित महिला जनप्रतिनिधि हरुका लागि अभिभुखिकरण कार्यक्रम सञ्चालन गरिएको , जिल्लाका सबै पालिकाबाट सहभागिता हुनेगरि महिला बालकालिका शाखाका कर्मचारी र सामाजिक समितिका आयोजकहरूका लागि २ दिने अभिभुखिकरण कार्यक्रम सञ्चालन गरिएको ।
यसैगरी मुख्यमुख्य उपलब्धिहरूमा बाल दिवस, जेष्ठनागरिक दिवस, अपाङ्गता दिवस लगायत दिवसीय कार्यक्रम सरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न , कुरीति विरुद्धको अभियान कार्यक्रम विनयी त्रिवेणी तथा गैंडाकोट दमार गरी दुई स्थानमा सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

कार्यालयको लागि न्यून घरभाडा बिनियोजन भएको,सेवा प्रवाह गर्ने स्थान÷स्पेश समेत कम रहेको, कर्मचारी न्यून, अत्यावश्यक शीर्षकमा न्यून बजेट बिनियोजन भएको कारण प्रभावकारी रुपमा कार्य सम्पादनमा कठिनाइ
, मन्त्रालय लगायत बाटै बन क्षेत्रमा अनुमति एवं कानूनी प्रक्रिया बेगर योजना कार्यान्वयन नगर्नु भनी परिपत्र भएको तर स्वीकृत कार्यक्रममा बन क्षेत्र भित्रै योजनाहरू स्वीकृत भै कार्यान्वयनका लागि प्राप्त हुँदा लक्ष हासिल गर्न कठिनाइ जस्ता समस्या र चुनौती कार्यालयले भोग्दै आएको समेत कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय स मितिका प्रमुख बाबुराम विश्वकर्माले सामाजिक विकास कार्यालय अरु कार्यालयभन्दा फरक भूमिकामा रहेको बताउनुभयो । समाजलाई बदल्ने काममा यस कार्यालयले काम गर्ने उहाँले बताउनुभयो । यो कार्यालय पिछडिएको , दबिएको वर्गसँग नजिक भएर काम गर्ने कार्यालय भएकाले यो कार्यालय समाज बदल्ने काम गर्ने कार्यालय भएको उहाँले तर्क गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्साल , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा , नवलपुर अध्यक्ष बिरेन्द्र पराजुली , क्रियाशील पत्रकार महिला डब्लु डब्लु जे अध्यक्ष ज्ञानु पंगेनी लगायतले मन्तव्य राख्दै सामाजिक विकास कार्यालयबाट भए गरेका कामहरू मिडिया मार्फत , सुसूचित गराउने कममा समन्वय सहकार्य हुनुपर्ने बताएका थिए । कार्यालयबाट सम्पन्न हुन नसकेको काम , विभिन्न अवरोध भएका काम र योजनाको निकास निकालेर पुरा गर्न सुझाव समेत दिएका थिए । तीनतले जिल्ला भएको कारण भौगोलिक रुपमा विकट र पछाडि परेको क्षेत्रमा पनि कार्यालयले काम गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा संस्थाको तर्फबाट अधिकृत गणेश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सूचना अधिकारी हरिशंकर शर्माले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |