

नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुरले) कावासोतीका २६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
आरोपितले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले जानकारी दिनुभयो । आरोपितले घरमा एक्लै रहेको बेलामा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपितलाई सरकारी वकिलको कार्यालय मार्फत जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरि म्याद थप गरेर अनुसन्धान चलिरहेको सूचना अधिकारी परियारले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मध्यविन्दु जिल्ला अस्पतालमा भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |