२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरमा ) चालु आर्थिक वर्षमा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा चालु आर्थिक वर्षको अहिलेसम्म ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । गत साउनदेखि अहिलेसम्मको तथ्यांक अनुसार बैंकिङ कसुुरका ५० वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८९÷०८० मा जम्मा २३ वटा बैंकिङ कसुरका मुद्दा प्रहरीमा दर्ता भएको थियो । गत आर्थिक वर्षभरिमा जम्मा २३ वटा मुद्दा दर्ता भएकोमा , चालु आर्थिक वर्षको करिव दश महिनाकै अवधीमा ५० वटा बैंकिङ कसुुरका मुद्दा दर्ता भएको हो ।
गत वर्ष पनि आर्थिक वर्षको अन्त्यतिर बैशाख महिनापछि बैंकिङ कसुरका मुद्दा दर्ता बढी देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरहरि रेग्मीले जानकारी दिनुभयो । प्रहरीमा दर्ता भएको मुद्दाको आधारमा विश्लेषण गर्दा एक वर्षभित्र बैंकिङ कसुरको केश दर्ता ह्वात्तै बढेको देखिएको रेग्मी बताउनुहुन्छ ।
प्रहरीमा दर्ता भएका बैंकिङ कसुरका सबैजसो मुद्दा चेक अनादरका मुद्दा रहेका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको ६ महिनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान रहेको छ ।
एक वर्षभित्र प्रहरीमा चेक अनादरका केश ह्वात्तै बढ्नुमा आर्थिक संकट हो कि भनेर आकलन गरिएको प्रहरी प्रमुख रेग्मी बताउनुहुन्छ । कोभिडपछि रोजगारी र व्यवसायमा परेको असर अहिले देखिन थालेको उहाँको बुझाइ छ । आर्थिक संकटका कारण लेनदेनमा अविश्वास र शङ्का बढ्दा बैंकिङ कसुरको घटना बढेको उहाँ बताउनुहुन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |