

नवलपुर । ए होर माया, सजना मोर जस्ता कैयन चर्चित गीतकी गायिका अनु चौधरीको होली गीत बजारमा आएको छ । रङ र खुसीहरूको पर्व होलीको अवसरमा गायक रोशन सिंह र गायिका अनु चौधरीको स्वरमा होली गीत बजारमा आएको हो । गीतमा संगीतकार नरहरी प्रेमीको संगीतका साथै गीतकार आदर्श सुशील र नरहरी प्रेमीको शब्द रहेको छ। होली गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन् भने पुष्कर खत्रीले मिक्सिङ गरेका छन्। काठमाडौँको फाइन ट्युन रेकर्ड्समा रेकर्ड गरिएको उक्त होली गीतलाई राजकुमारले निर्देशन गरेका छन्।
नुवाकोट जिल्लाको गुरुङ गाउँको मातुङ रिसोर्टमा उक्त होली गीतको सुटिङ सम्पन्न गरिएको संगीतकार नरहरी प्रेमीले जानकारी दिए। उक्त होली गीत गायक रोशन सिंहको युट्युब च्यानल रोशन सिंह मार्फत् शुक्रबार अपराहन्न दर्शक माझ आएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |