• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

गीत , कविता र सफलताको अनुभव बाँड्दै कावासोतीले मनायो अन्तराष्ट्रिय महिला दिवस

ज्ञानु पंगेनी १८०१ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २४, बिहिबार (२ साल अघि)

कावासोती । विभिन्न तहतप्का र सर्वसाधारणका रुपमा रहेका कावासोतीका महिलाहरूले आफूले भोगेका सुखदुःखका कथाव्यथा , संघर्ष र सफलताले भरिएका अनुभव , गीत र कविता सुनाउदा , कावासोती नगरपालिकाको सभाहल गुञ्जायमान बन्यो । कतिपयका आँखा रसाए त कतिपयले हिम्मत र हौसला पाए ।


११४ औँ अन्तराष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आज कावासोती नगरपालिकाले आयोजना गरेको अन्तरकृया , कविता वाचन तथा असल अभ्यास सिकाइ आदान प्रदान कार्यक्रममा सहभागि भएका महिलाहरूले मन खोलेर आफ्ना अनुभव बाँडे । संघर्ष गर्दै लड्दै फेरि उठेर जीवनमा सफल भएका आफ्ना वास्तविक कथा सुनाए । कोहीले कविताको माध्यमबाट समसामयिक विषयवस्तुलाई उजागर गरे त कोहीले महिलाको हक अधिकार मागेर नपाए खोसेर लिन सक्नुपर्छ , महिला पछि पर्नु हुँदैन , अगि बढ्नुपर्छ भन्ने भाव व्यक्त गरे । कोहीले विगतमा महिलामाथि हुने हिंसा र विभेदलाई कविता मार्फत सम्झिए भने कोहीले आजको बदलिदो परिवेशमा बदलिएको हिंसाको स्वरुप र बदलिएको सामाजिक परिवेशमा महिलाको अवस्थालाई वर्णन गरे । कार्यक्रममा सर्वसाधारण महिलामात्रै आफ्ना सृजना सुनाएनन् । प्रदेश सभा सदस्य पदमा जिसी र विन्दु पहारीले पनि कविता मार्फत आफ्ना भाव व्यक्त गर्नुभयो । कावासोती नगरपालिकाका कर्मचारी र सदस्यहरूले पनि मन खोलेर आफ्ना भावनालाई गीत र कविता मार्फत व्यक्त गरे ।


कावासोती नगरपालिकाले यस वर्षको नारी दिवस भाषण मात्रै गरेर होइन महिलाका प्रतिभाहरूलाई पनि उजागर गर्दै उद्यमशील बनेर माथि उठेका महिलाहरूको कथा सुनाई सबै महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्य सहित असल अभ्यास सिकाइ आदान प्रदानको कार्यक्रम गरेर मनाएको छ ।


कार्यक्रममा कावासोती ४ कि सफल कृषक मेसमाया गुरुङ , कावासोती १६ कि कुखुरापालक कृषक मिना सुनार , कावासोती आठ की कुटानी पिसानी व्यवसायी र कृषक समेत रहनुभएकी बिकन कुमारी महतो र अमलटारी होम स्टे सञ्चालक धनमाया महतोले आफू कसरी सफल व्यवसायी बन्न सकियो र आफूजस्तै अन्य महिलाहरूलाई पनि उत्प्रेरित गरेर आत्मनिर्भर बनाउन सफल भइयो भन्ने बारेमा आफ्ना व्यवसायीक जीवन कथाको माध्यमबाट जानकारी प्रदान गर्नुभएको थियो ।


कृषक मेसमाया गुरुङले शून्यबाट सुरु भएर आज वर्षको आठदश लाख रुपैँया आम्दानी गर्न सक्ने भएको सफलताको कथा सुनाउनुभएको थियो ।
सुरुआतको पहिलो वर्ष उत्पादन भएर बिक्री गर्ने समयमा कोभिडले सबै कुहिएर फाल्नु परेको तीतो अनुभव सुनाउँदै उहाँले तर पनि हिम्मत निहारिकन पुन व्यवसायलाई निरन्तरता दिएको र आज सफल भएको सुनाउनुभयो ।
कुटानी पिसानी व्यवसायी र कृषक समेत रहनुभएकी बिकन कुमारी महतोले त आफूले ३५ रुपैयाँको बीउ किनेर एक कठ्ठामा तरकारी खेती सुरुआत गरेर आज मिल सञ्चालकसमेत बन्न सफल भएको अनुभव सुनाउनुभयो । सहकारीको कृषि तालिममा सहभागि भएर त्यहाँबाट पाएको केही बीउबिजन र आफूले ३५ रुपैयाँ थप गरेर किनेको बीउबीजनबाट कृषि व्यवसाय सुरु गरेर ६ जना छोरीको लालनपालन र शिक्षादीक्षा दिन सफल भएको उहाँले बताउनुभयो । एक कठ्ठाबाट सुरु गरेको व्यवसाय बढाउँदै गएर मिल सञ्चालन गर्नेसम्म बनेको उहाँले सुनाउनुभयो ।


कुखुरापालक कृषक मिना सुनारले पनि सानो लगानीबाट व्यवसाय सुरु गरेर आज त्यसै व्यवसायबाट आफ्नो घरपरिवार चलाउन बालबच्चा पठाउन सकेको बताउनुभयो । आफूमा हिम्मत र आँट गर्ने हो भने सफल हुन सकिदो रहेछ भन्ने पाठ आफैँबाट सिकेको उहाँको अनुभव थियो ।

होम स्टे सञ्चालक धनमाया महतोले २०७० सालमा सबैभन्दा पिछडिएको वर्ग माझी मुसहर , थारू समुदायलाई एकितृत गर्दै सुरुआत गरेको होम स्टे व्यवसाय अहिले देशमा मात्रै नभइ विदेशमा समेत चिनिन सक्ने बनेको बताउनुभयो । जल जमिन र जङ्गलमा आश्रित रहने समुदाय अहिले होम स्टे सञ्चालन गरेर मासिक रुपमा ५० हजारसम्म आम्दानी गर्न सक्ने भएको बताउनुभयो । होम स्टे कै कारण देशविदेशका पाहुनाहरू आउने र उहाँको कला संस्कृति हेर्ने बुझ्न र अध्ययन समेत गर्ने गर्दा देशमा मात्रै नभई विदेशमा पनि कावासोतीको परिचय बनेको बताउनुभयो । महिलाहरूले नै होम स्टेको सञ्चालनको जिम्मेवारी लिएकाले महिलाहरूको क्षमतामा समेत वृद्धि भएको उहाँको भनाई थियो ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य पदमा जिसीले महिलाहरूले आफ्नो क्षमता बढाउँदै अग्रसर बन्न जरुरी रहेको बताउनुभयो । उहाँले अब पनि भएन भएन मात्रै भन्ने होइन आफ्नो गाउँ समाज र देश बनाउनका लागि आफूले पनि पहल गर्ने काम गर्ने गर्न उहाँले महिला दिदीबहिनीहरूलाई सुझाव दिनुभयो । उहाँले अबका महिला आत्मनिर्भर बन्न जरुरी रहेको बताउनुभयो । आफ्नो घर परिवार र समाजमा मिलेर बस्ने , सकारात्मक बन्ने सम्य भएर आफ्ना कुरा राख्ने गर्न समेत आग्रह गर्नुभयो । ,
उहाँले नारी दिवस बनाउने परम्पराको सुरुआत कसरी भयो । राजनैतिक सामाजिक रूपान्तरण गर्न महिलाले गरेका संघर्ष त्याग र बलिदानका बारेमा समेत चर्चा गर्नुभएके थियो ।


यसैगरी गण्डकी प्रदेश सभा सदस्य विन्दु पहारीले सङ्घर्षबाट कहिल्यै थाक्न नहुने बताउनुभयो । आफू पनि सङ्घर्षबाट नै आज सफल भएको भन्दै जीवनमा धेरै दुख कष्टहर आएपनि त्यसलाई हरेस नखाई सामना गर्न अनुरोध गर्नुभयो ।

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालले सबैमा शुभकामना व्यक्त गर्दै नारी शक्तिको स्वरुप भएको जिकिर गर्नुभयो । हिजोको परिवेश र आजको परिवेश फरक रहेको भन्दै उहाँले आजका नारी आफैमा सक्षम रहेको र सबै महिलाहरु आत्मनिर्भर र सक्षक बन्न जरुरी रहेको बताउनुभयो ।
वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरी , समाजसेवी लिला थनेत , शिव मन्दिर महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष गीता अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले आर्थिक र सामाजिक सशक्तिकरणको लागि महिलामा लगानी किन ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने , सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकाले महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न १६ प्रकारका उद्यमशील तालिम प्रदान गरेको बताउनुभयो । तालिम प्राप्त गरेपछि महिलाहरूले उद्यमशील बन्नका लागि पहल गर्न समेत आग्रह गर्नुभयो । उहाँले महिलाका लागि आफूले आफ्नो ठाउँबाट सकेको काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा महिला सहकारी , जनप्रतिनिधि , सरोकारवाला , उद्यमी लगायतको सहभागिता रहेको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution