• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नगरवासीको अपेक्षा पूरा गर्छौं :देवचुली नगर प्रमुख न्यौपाने

नवलपुर प्रेस १५०३ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १८, बिहिबार (२ साल अघि)

देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँसँगको कुराकानी ।

स्थानीय समस्यालाई कसरी सम्बोधन गर्नुभएको छ ? 

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी घरदैलो अभियान गर्ने निर्णय गरेर घर घरमा पुगी स्वास्थ्योपचार गरेका छौँ । लामो समयसम्म रहेको सुकुमवासी, भूमिहीन समस्याका लागि लालपुर्जा दिलाउन जग्गा नापजाँचलाई तीव्रता दिएका छौँ । देवचुली नगरपालिकामा छाडा चौपायाको विकराल अवस्था थियो । त्यसलाई व्यवस्थापन गर्न सफल भएका छौँ । मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापनका लागि काम गरिरहेका छौँ । देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गर्न जग्गा प्राप्ति सुनिश्चित भएको छ । नगरलाई सफा र सुन्दर बनाउन प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरी स्थानीयस्तरमा फूल खेती प्रवर्धन गर्न किसानलाई प्राथमिकता दिएका छौँ । बाहिरी आयातलाई कम गर्दै नगरपालिकामै आत्मनिर्भर गराउन प्रोत्साहन दिएका छौँ । भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुमवासी क्षेत्रमा नागरिकलाई आफ्नो जग्गाको धनी बनाउन अहिले नापनक्साको कार्य अन्तिम चरणमा पुगेको छ । उज्यालो नगरको अवधारणा अगाडि बढाउँदै प्रत्येक घरमा बिजुली पु¥याउने लक्ष्यका साथ लागिपरेका छौँ । देवचुली नगरवासीलाई अधिकतम स्वास्थ्य सेवा नगरबाटै दिलाउन नगर अस्पतालमा विशेषज्ञ डाक्टर नै राखेर सेवा दिइरहेका छौँ । आफ्नै गाउँठाउँबाट सेवा लिन सक्ने गरी नगर अस्पतालमा चौबिसै सेवा प्रवाह भएको छ । सार्वजनिक जग्गा संरक्षणमा जोड दिएका छौँ ।

कानुन निर्माणमा कसरी काम भइरहेको छ ? 

आवश्यकता अनुसार ऐन तथा कार्यविधि पारित भएका छन् । फोहोरमैला व्यवस्थापन, बजार अनुगमन, नगरको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न ऐन र कार्यविधि निर्माण भएको छ । प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गर्ने, किसान कार्डको व्यवस्था गर्ने, किसानलाई प्रोत्साहन, कृषियोग्य जमिन संरक्षणका लागि वर्गीकरण गर्न सहयोग मिलेको छ । ऐन र कार्यविधि भनेको आवश्यकता अनुसार नयाँ निर्माण गर्दै जाने हो ।

आन्तरिक आम्दानी बढाउने उपाय के छन् ?

देवचुली नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका हो । कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । खेतीयोग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेको नगरपालिकाको पहाडी बस्तीमा पशुपालन एवं मौरीपालनको राम्रो सम्भावना छ । पर्यटकीय देवचुली डाँडा, घरबासको प्रचुर सम्भावना भएका मगर समुदायको बसोबास रहेको कुमसोत, कीर्तिपुर, बन्दीपुर जस्ता बस्ती छन् । पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनले नगरपालिकाको पर्यटकीय विकासको सम्भावना छ ।

कर बढेको भन्ने जनगुनासो छ नि ? 

आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय धराशायी बन्दै गएका छन् । व्यवसायीको अवस्था बुझेर कर थाती राखिएको छ । व्यापार व्यवसायमा सुधार आएपछि उद्योग वाणिज्य सङ्घ र व्यापारीको सल्लाहमा करको विषय उठाउने छौँ  । अहिले विद्यमान ऐन अनुसार नगरपालिकाले काम गरिरहेको छ । करसम्बन्धी व्यवस्थामा अपुग महसुस गरिएका विषय सन्दर्भमा सङ्घले व्यवस्थापन गर्ने भएकाले हामीले माग गरेका छौँ । सङ्घ र प्रदेशले अपेक्षा अनुसार काम पूरा गर्नेमा विश्वस्त छौँ ।

पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउनुभएको छ ? 

पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकास बोर्डबाट २० र नगरपालिकाबाट २२ गरी ४२ लाख रुपियाँ देवचुली डाँडाको पर्यटन प्रवर्धनमा लगाएका छौँ   । घरबास सञ्चालनको प्रक्रिया अघि बढेको छ । पिप्रहर सामुदायिक होमस्टे, चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटक आवतजावतका लागि व्यवस्थापन गर्ने काम भइरहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुली डाँडाको समग्र विकासको गुरुयोजना बनाई माथिल्लो आधार शिविरसम्म सडक, विद्युत् तथा पिउने पानीको व्यवस्थाका लागि नगरपालिका लागिपरेको छ । पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारीका लागि विदेश जानु पर्दैनथ्यो भन्ने हाम्रो सोच हो ।

समृद्ध नगर निर्माणका चुनौती पनि छन् ?  

समृद्ध नगरका लागि आर्थिक स्रोत जुटाउनु नै मुख्य चुनौती हो । आर्थिक मन्दीका कारण सोचे अनुरूप व्यवसाय चलेको छैन । सङ्घीय बजेट अपेक्षा अनुसार नआउँदा गाह्रो भएको छ । अहिले महत्वपूर्ण योजनाका शीर्षकलाई कटौती गर्नुपर्ने अवस्था छ । नगरको मुख्य आम्दानीको स्रोत सम्पत्ति र व्यावसायिक कर निकै न्यून छ । आर्थिक स्रोतको अभावले भने अनुसार काम गर्न सकिएको छैन । मुलुकमा आर्थिक वृद्धिदर र नगरको आन्तरिक आम्दानी बढ्दै गयो भने नगर समृद्ध बन्ने छ ।

आगामी योजना कस्ता छन् ? 

सुविधासम्पन्न नगर अस्पतालको सेवा विस्तार हुने छ । फोहरमैला व्यवस्थापन हुने छ । कृषिमा आत्मनिर्भर हुने छ । देवचुली नगरपालिकाको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदमा नगरवासीले गरेको अपेक्षा अनुभूति गर्न पाउने छन् । शतप्रतिशत खोप सुनिश्चित भएको पालिका बन्ने छ । वर्षमा दुई पटक ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार हुने छ । हरेक शुक्रबार विद्यालयमा झोलाविहीन कार्यक्रमको अवधारणाबाट सीपमूलक र व्यावहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरिने छ । नगर युवा तथा खेलकुद विकास समिति गठन भएकाले यस क्षेत्रमा युवालाई प्रोत्साहन गरिने छ ।

-गोरखापत्रका लागि मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरवार्ता सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution